News Portal

  • भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ जेठ २०८१
    ४२१ पटक
    भक्तपुर, ५ जेठ २०८१

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि शनिवार मतदानमार्फत नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो ।

    जिल्ला अध्यक्ष बचन देउजा र सचिव मोहनवीर श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । एमालेको केन्द्रीय निर्देशन बमोजिम जिल्लामा प्यानल प्रस्तुत नभएपनि अन्य पदाधिकारीमा पनि अघोषित प्यानल उम्मेद्वारी परेको छ ।

    देउजा प्यानलबाट उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका निवर्तमान उपाध्यक्ष बासुदेव थापाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा विष्णु तामाङ्ग, उपसचिवमा सानुकाजी कायस्थ र सुचित्रा श्रेष्ठको उम्मेद्वारी परेको बताइएको छ ।

    अध्यक्ष प्रत्यासी मोहनवीर श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा बागमती प्रदेश सभा सदस्य समेत रहेका किरण थापामगरले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा शम्भु दाहाल, सहसचिवमा राजकुमार जोशी र उत्तरा नेपालको उम्मेद्वारी परेको बताइएको छ । सूर्यविनायक नगरपालिकाकी पूर्व उपप्रमुख जुना बस्नेतले पनि उपसचिव पदमा उम्मेद्वारी दिएकी छन् ।

    जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक दिन लम्बिएको छ । शनिवार बिहान ११ बजे सूर्यविनायक-५ सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा मतदान शुरु हुने प्रचार बिभागका सचिव हेमराज ढकालले पुष्टि गरेका छन् ।

    शनिवार निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति निर्वाचित हुने प्रचार बिभाग प्रमुख निरन्जन बजगाईले बताएका छन् । प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल हुने बजगाईले बताए ।

    अधिवेशन प्रतिनिधि छान्ने विषयमा जिल्लाका ३८ वडा कमिटी मध्ये ३५ वडामा सर्वसम्मत भएको र ३ वटा वडामा भने निर्वाचन नै गर्नुपरेको थियो । ४ नगर मध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्ष उभिएका छन् ।

    निर्वाचनमा २ वटा प्रष्ट प्यानल देखिएको छ र जिल्लाका नेताकार्यकर्ता पनि २ प्यानलमा बाडिएका छन् । यो प्यानल निर्वाचन अघि नै प्रतिनिधि छनौट गर्ने समयमै देखा परिसकेको थियो । जिल्लामा सर्वसम्मत नेतृत्व नआउने देखेपछि भक्तपुरकै बालकोट निवासी एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अधिवेशन उद्घाटन गर्न नआएका उनी निकट श्रोतले जनाएको छ । महासचिव ईश्वर पोखरेलले भक्तपुरको ९ औं अधिवेशन उद्घाटन गरेका थिए ।

    मूख्यत: पूर्व मन्त्री समेत रहेका पोलिटब्युरो सदस्य महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका जिल्ला उपाध्यक्ष बासुदेव थापाबीचको तीक्ततापूर्ण सम्बन्ध अधिवेशन सम्म आइपुग्दा छताछुल्ल भएको छ । उपाध्यक्ष थापा देउजालाई दोहोर्याउने पक्षमा उभिएपछि देउजालाई अध्यक्ष बनाउन बिगतमा लागिपरेका बस्नेत यसपटक देउजा बिरोधि समुहको नेतृत्व गर्न पुगेका छन् ।

    केन्द्रमा आफ्नो प्रभाव पार्न एकअर्काको विपक्षमा लाग्ने गरेका पोलिटब्युरो सदस्य बस्नेत, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र प्रभावशाली नेता निर्मल भट्टराईलाई यो अधिवेशनले भने एकै ठाउँमा ल्याइपुर्याएको छ र उनीहरु देउजाको बिकल्प खोजिरहेका छन् । यद्यपी बस्नेतको उदेश्य देउजाको विपक्षमा भन्दा बढी थापाको जिल्ला पार्टीमा बढ्दो प्रभाव रोक्न केन्द्रीत भएको बताइन्छ ।

    केन्द्रीय नेताहरुको एकताको हिसावले देउजा समुह कमजोर देखिएपनि पार्टी भित्रकै बस्नेत बिरोधी केन्द्रीय नेताहरुको साथ् र सहयोगका कारण देउजा डगमगाएक छैनन । क्रियाशीलता, मिजासिलो स्वभाव र नेतृत्वमा रहेर सबैको नाडी छामिसकेका कारण उनलाई परास्त गर्न बैकल्पिक नेतृत्वलाई फलामकै चिउरा चपाउनुपर्ने एमाले वृत्तमा चर्चा चलेको छ । जिल्लाका ठुला नेताको साथ् पाएका मोहनवीर पनि राजनीतिका पुराना खेलाडी भएका कारण देउजालाई चुनाव जित्न सजिलो नहुने आकलन गरिएको छ ।

    निर्वाचनमा उपाध्यक्ष पदको प्रतिष्पर्धा सबैभन्दा बढी रोमाञ्चक रहेको एक अधिवेशन प्रतिनिधिले बताएका छन् । सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका बासुदेव थापालाई परास्त गर्न श्रेष्ठ प्यानलले उठाएका उम्मेदवार किरण थापामगर पनि बागमती प्रदेश सभा सदस्य हुन् । उनीहरु दुबै पार्टी बिधान बमोजिम कार्यकारी पदमा जान नपाउने भएपछि एकै पद उपाध्यक्ष रोजेका छन् । दुवै हेभिवेट भएकाले चुनावी प्रतिस्पर्धा हेर्न लायक रहेको छ ।

    निर्वाचनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । यो कमिटी कार्यकारी रहने र आगामी स्थानीय, प्रदेश र संघको उम्मेदवार चयनमा निर्णायक रहने भएकाले पनि यसलाई आफ्नो पक्षमा पार्न नेताकार्यकर्ता दिलोज्यानले लागिपरेका एक एमाले नेताले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...