News Portal

  • एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ जेठ २०८१
    ४९० पटक
    भक्तपुर, ६ जेठ २०८१

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा सम्पन्न अधिवेशनले मतदान मार्फत नयाँ नेतृत्व निर्वाचित गरेको हो ।

    जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् । प्रतिस्पर्धी उम्मेदवार मोहनवीर श्रेष्ठलाई ८९ मतले पछि पार्दै देउजा पुन: अध्यक्षमा दोहोरोएका हुन् । देउजाले २ सय ९० मत प्राप्त गर्दा श्रेष्ठले २ सय १ मतमै चित्त बुझाउनुपरेको छ ।

    यो जीतसंगै देउजाले आफूलाई पार्टी संगठनमा अब्बल प्रमाणीत गरेका छन् । भक्तपुरमा रहेका केन्द्रीय नेताहरु देउजाको बिपक्षमा खुलेर लाग्दा पनि उनी डगमगाएका थिएनन । क्रियाशीलता, मिजासिलो स्वभाव र नेतृत्वमा रहेर सबैको नाडी छामिसकेका कारण देउजाले पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र प्रभावशाली नेता निर्मल भट्टराई लगायतको बलियो समुहका उम्मेदवार श्रेष्ठलाई सजिलै परास्त गर्न सफल भएका एक एमाले नेताले जानकारी गराएका छन् ।

    निर्वाचनमा उपाध्यक्ष पदको प्रतिष्पर्धा बढी रोमाञ्चक रहेको थियो । सो पदमा भने देउजा समुहबाट उम्मेदवार बनेका सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका बासुदेव थापालाई पराजित गर्दै किरण थापामगर बिजयी बनेका छन् । उनी बागमती प्रदेश सभा सदस्य समेत हुन् । उनीहरु दुबै पार्टी बिधान बमोजिम कार्यकारी पदमा जान नपाउने भएपछि एकै पद उपाध्यक्ष रोजेका छन् । दुवै हेभिवेट भएकाले चुनावी प्रतिस्पर्धा हेर्न लायक रहेको थियो । बासुदेवलाई ३३ मतले पराजित गर्दै किरण उपाध्यक्ष निर्वाचित भएका निर्वाचन कमिटीले पुष्टि गरेको छ । देउजा समुहका बासुदेवले २ सय २९ मत प्राप्त गर्दा श्रेष्ठ समुहका किरण २ सय ६२ मतसहित बिजयी बनेका छन् ।

    त्यसैगरी सचिव पदमा बिष्णु तामाङ्ग निर्वाचित भएका छन् । देउजा समुहका तामाङ्गले २ सय ७५ मत प्राप्त गर्दा श्रेष्ठ समुहका शम्भुप्रसाद दाहालले २ सय १६ मत मात्र प्राप्त गरेका छन् ।

    उपसचिव पुरुषमा श्रेष्ठ समुहका राजकुमार जोशीलाई १७ मतको झिनो अन्तरले परास्त गर्दै देउजा समुहका सानुकाजी कायष्ठ निर्वाचित हुन सफल भएका छन् भने उपसचिव महिलामा भने ११ मतको झिनो अन्तरले श्रेष्ठ समुहकी उत्तरा नेपाल बिजयी बनेकी छन् । उनले २ सय १८ मत प्राप्त गर्दा श्रेष्ठ समुहकी सुचित्रा श्रेष्ठले २ सय ७ मतमै चित्त बुझाउनुपर्यो भने कुनै समुहमा नपरेकी सूर्यविनायक नगरपालिकाकी पूर्व उप प्रमुख जुना बस्नेतले ६६ मत प्राप्त गरिन ।

    भक्तपुर एमालेमा २ प्यानलमा उम्मेद्वारी परेको थियो । जिल्ला अध्यक्ष बचन देउजा र सचिव मोहनवीर श्रेष्ठको नेतृत्वमा स्पष्ट प्यानल देखिएको थियो । एमालेको केन्द्रीय निर्देशन बमोजिम जिल्लामा प्यानल प्रस्तुत नभएपनि अघोषित प्यानल उम्मेद्वारी परेको हो ।

    जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक दिन लम्बिएको थियो । शनिवार बिहान निर्वाचन गर्ने भनेपनि २ पटक समय सारेर राति मात्र मतदान प्रक्रिया अघि बढेको थियो । भोटिंग मसिन प्रयोग गरेर भएको मतदानमा ४ सय ९८ जना अधिवेशन प्रतिनिधि मध्ये ४ सय ९१ मात्र सामेल भएका प्रचार बिभाग प्रमुख निरन्जन बजगाईले बताए ।

    मूख्यत: पूर्व मन्त्री समेत रहेका पोलिटब्युरो सदस्य महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका जिल्ला उपाध्यक्ष बासुदेव थापाबीचको तीक्ततापूर्ण सम्बन्ध अधिवेशन सम्म आइपुग्दा छताछुल्ल भएको छ । उपाध्यक्ष थापा देउजालाई दोहोर्याउने पक्षमा उभिएपछि देउजालाई अध्यक्ष बनाउन बिगतमा लागिपरेका बस्नेत यसपटक देउजा बिरोधि समुहको नेतृत्व गर्न पुगेका थिए ।

    केन्द्रमा आफ्नो प्रभाव पार्न एकअर्काको विपक्षमा लाग्ने गरेका पोलिटब्युरो सदस्य बस्नेत, केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र प्रभावशाली नेता निर्मल भट्टराईलाई यो अधिवेशनले भने एकै ठाउँमा ल्याइपुर्याएको थियो । यद्यपी बस्नेतको उदेश्य देउजाको विपक्षमा भन्दा बढी थापाको जिल्ला पार्टीमा बढ्दो प्रभाव रोक्न केन्द्रीत भएको विश्लेषण भक्तपुर पोस्टले प्रेषित गरेको थियो ।

    निर्वाचनमा बस्नेतले उपाध्यक्ष थापालाई परास्त गर्न सफलता मात्र प्राप्त गरेका छैनन्, उनले आफ्नो उम्मेदवार थापामगर लाई उपाध्यक्ष बनाएका छन् र उपसचिवमा समेत आफ्नो उम्मेदवार उत्तरा नेपाललाई निर्वाचित गर्न सफल भएका छन् । सो समुहमा रहेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र निर्मल भट्टराई लगायतले भने अध्यक्षमा आफ्नो उम्मेदवार श्रेष्ठको मात्र पराजय भोगेका छैनन, आफ्नो सचिव उम्मेदवार शम्भुप्रसाद दाहालको पनि पराजयले उनीहरुलाई कार्यसमितिमा कमजोर बनाइदिएको छ ।

    निर्वाचनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको बताइएको छ । खुला सदस्यमा अनिल कुमार श्रेष्ठ, राधाकृष्ण लामिछाने, रमेश बुढाथोकी, राजु सुवेदी, रामकुमार बुढाथोकी, निरन्जन बजगाई, अशोकराज ढुंगेल, दिपेन्द्र थापा, कृष्णहरि महत, राष्ट्र शमशेर थापा, रामेश्वर बोहरा र साधुराम दाहाल निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...