News Portal

  • स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बर्दिबास, १० जेठ २०८१
    २१२ पटक
    बर्दिबास, १० जेठ २०८१

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन ।

    महोत्तरीको बर्दिवास नगरपालिका स्थित  निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन ।

    ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।

    पक्राउ परेका टिपरहरुको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । ‘टिपरहरुको  कागजपत्र नभएको र मापदण्डविपरित ओसारपसार गरिरहेको पाइएको छ ।’ इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । ‘आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।’

    उक्त नदीजन्य पदार्थ काँहावाट उत्त्खनन गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्त्खनन भईरहेको वेला रेल्वेले समेत स्रोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।

    स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरुले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा वेचिरहेको पाईएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानियहरुले खवरदारी गरेका हुन ।

    पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडी वढाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...