News Portal

  • दधिकोटका घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ जेठ २०८१
    ४५१ पटक
    भक्तपुर, १३ जेठ २०८१

    भक्तपुरको सूर्यविनायक- ४ दधिकोट निवासी लोकनाथ घिमिरेलाई उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो २४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आइतवार उनलाई पुरस्कृत गरेको हो ।

    घिमिरे आयोगमा रहेर विगत १५ वर्षदेखि मानव अधिकारको संरक्षण र संवर्द्धनमा निरन्तर सेवा पुर्याइरहेका कर्मचारी हुन् । उनी हाल राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालय हेटौडामा कार्यरत छन् ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र आयोगका अध्यक्ष तपबहादुर मगरले घिमिरेलाई पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा आयोगले ४ कर्मचारीलाई पुरस्कारबाट  सम्मानित गरेको थियो । सर्वोत्कृष्ट मानव अधिकार सेवा पुरस्कार बाट भने आयोगका सहसचिव नवराज सापकोटा सम्मानित भएका छन् । यो सम्मानले कर्मचारीहरुलाई थप उत्प्रेरित बनाई मानव अधिकारको संरक्षण र संवर्द्धनमा अझै बढी सक्रिय हुन हौसला प्रदान गर्ने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...