News Portal

  • चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण , १४ जेठ २०८१
    २९३ पटक
    चाँगुनारायण , १४ जेठ २०८१

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् ।

    आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् ।

    पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको बताए । तलब भत्ताबाट नपुगेर खल्तीबाट समेत सहयोग गरिरहेको उनको भनाइ छ ।

    सरकारी नियम अनुसार कर कट्टा गरेर मासिक पाउने करिब ३० हजार र  प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता सबै सामाजिक कार्यमा खर्च गरेको विवरण उनले पत्रकार सामु प्रस्तुत गरेका छन् ।

    ”मैले पार्टीबाट उम्मेद्वारी दावी गर्ने बेलामा नै कुनैपनि सेवा सुविधा लिन्न भनेको थिए, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने साना बाबु नानीहरुलाई झोला, पोशाक, जुत्ता, स्टेसनरी लगायत आवश्यक सहयोगमा सो रकम सदुपयोग गरिरहेको छु ।” उनले भने ।

    नगर उपप्रमुख बुढाथोकीले नगरपालिकाले आफ्नो लागि उपलब्ध गराएको गाडी पनि नगर अस्पतालका असक्त र बिरामी जेष्ठ नागरिक तथा सुत्केरी बोक्नको लागि दिएका छन् । उनले घरदैलो उपचार सेवाका लागि अस्पतालले सो गाडी प्रयोग गरिरहेको बताए । असक्त, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार गरिने जानकारी गराउदै बुढाथोकीले त्यस्तो सुविधा नपाएको भए जानकारी गराउन समेत आग्रह गरेका छन् । उनले दुई वर्षमा आफूले सरकारी सुविधाको नाममा १ सवारी चालक मात्र लिएको र आफ्नै निजी सवारी प्रयोग गरी नगरपालिकाको काम गरिरहेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...