News Portal

  • अनेमसंघ(क्रान्तिकारी) भक्तपुरमा सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति 

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०८१
    ८०१ पटक
     भक्तपुर, १९ जेठ २०८१

    अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सूर्यविनायकमा सम्पन्न पाचौं जिल्ला भेलाले राजेश्वरी सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सृजना वाग्ले र शान्ति केसी रहेका छन् भने सचिवमा रत्नकेशरी प्रजापति रहेकी छन् । त्यसैगरी इन्द्रलक्ष्मी त्वयना र कमला कटुवाल सहसचिव निर्वाचित भएका छन् भने हरिलक्ष्मी श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएकी छन् ।

    ७ पदाधिकारी सहित सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष इन्द्रमाया सुवालले जनाएकी छन् ।

    जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेकी संविधान सभा सदस्य एवं अखिल नेपाल महिला संघ(क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापामगरले महिला मुक्ति र सशक्तिकरणका लागि संगठनको प्रयास र उपलब्धीबारे प्रष्ट पार्दै महिलाहरु आरक्षणमा मात्र सीमित नभई कार्यकारी पदमा आउनुपर्ने आवश्यकता औल्याइन । “सबै पदमा महिला उम्मेदवार बन्न सक्छन् तर कनुनले पुरुषलाई सबै पदमा उम्मेदवार बन्न दिदैन ।” उनले भनिन् । आफूहरु महिलाको पूर्ण राजनीतिक सहभागिता र हरेक क्षेत्रमा ३३% आरक्षणका लागि निरन्तर लडिरहेको उनको भनाइ छ ।

    सो अवसरमा विशेष अतिथि रहेका नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले माओवादी केन्द्र नै महिला मुक्तिको मुख्य केन्द्र भएको भन्दै पार्टी बलियो बने मात्र महिला आन्दोलन बलियो बन्ने र महिलाले न्याय पाउने बताए ।

    कार्यक्रममा पूर्व प्रदेश सांसद समेत रहेकी अखिल नेपाल महिला संघ(क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष प्रतिमा श्रेष्ठ, संविधान सभा सदस्य समेत रहेकी भक्तपुर इन्चार्ज उमा कपाली, बागमती प्रदेश अध्यक्ष सुनिता गौतम त्यसैगरी माओवादी केन्द्रको सल्लाहकार एवं संविधान सभा सदस्य सत्यलाल मूल, जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज, नेताहरू कृष्णलाल गोजा, नरेश खड्का लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...