News Portal

  • नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ असार २०८१
    २२७ पटक
    भक्तपुर, ३ असार २०८१

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो ।

    परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई दुई चरण गरी एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको अध्यक्ष संजय खड्काले जानकारी गराएका छन्  । प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले पाठ्यक्रम सम्बन्धि प्रवोधिकरण गरेका थिए ।

    अर्को चरणमा कक्षा ४-१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन , प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको बताइएको छ ।

    नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो । त्यस्तैगरी सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण प्रदान गरेका छन् भने विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गरेका अध्यक्ष खड्काले बताए ।

    नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोले यस्तो निरन्तर तालिम संचालनको लागि संस्थाका सल्लाहकार, पदाधिकारी एवं सबै सदस्य विद्यालयहरुको ऐक्यवद्धता र सहयोगले संभव भएको भन्दै योक्रम निरन्तर रहने बताए ।

    नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १-३ को एकीकृत पाठ्यक्रम र कक्षा ४-१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन मद्दत मिल्ने नेसनल प्याब्सन भक्तपुरले बिश्वास ब्यक्त गरेको छ ।

    कार्यक्रम समापनको अवसरमा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सो अवसरमा सत्यशक्ति पुस्तक भण्डारका संचालक महेश थापा र  एलाइड, ओएसिस, बुद्ध र ग्रीन पब्लिकेशन लगायतलाई सहकार्यका लागि धन्यवाद ज्ञापन गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...