News Portal

  • जेष्ठ नागरिकका लागि नि:शुल्क ‘स्वास्थ्य सेवा डेस्क’ शुरु गरेका छौं – सिडिओ श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ असार २०८१
    २७८ पटक
    भक्तपुर, १६ असार २०८१

    जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी(सिडिओ) रोशनी कुमारी श्रेष्ठले कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका लागि निशुल्क ‘स्वास्थ्य सेवा कक्ष’ संचालनमा ल्याएको जानकारी गराएकी छन् । आइतवार देखि कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका लागि निशुल्क ‘स्वास्थ्य सेवा कक्ष’ संचालन हुने उनले जानकारी गराएकी हुन् ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले आयोजना गरेको एक समीक्षा एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ श्रेष्ठले आइतवारबाटै ‘स्वास्थ्य सेवा कक्ष’ स्थापना हुने र त्यसले जेष्ठ नागरिकको लागि आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्पष्ट पारिन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले सो डेस्क संचालनको जिम्मा लिएको समेत उनले जानकारी दिएकी छन् ।

    सो अवसरमा सिडिओ श्रेष्ठले सीमित श्रोत र साधनका बाबजुद आयुर्वेद चिकित्सालयले प्रभावकारी सेवा प्रवाह गरेको बताउदै आयुर्वेद प्रति बढ्दो आकर्षणलाई गुणस्तरीय सेवाले थप अभिवृद्धि गर्न निर्देशन गरेकी थिइन् ।

    धेरैजनाको किड्नी जस्ता अंग प्रत्यारोपण गर्नुपर्ने समस्या,क्यान्सर जस्ता असाध्य रोगको बढ्दो दुरावस्था लगायतमा चर्चा गर्दै उनले बाँच्ने जीवनशैली जटिलतातिर गईरहेकोप्रति चिन्ता व्यक्त गरिन । उनले स्वस्थ जीवनशैली सिकाउने र रोगबाट बचाउने एक विज्ञानको रुपमा बिकसित आयुर्वेदलाई पाठ्यपुस्तकमै समावेश गरी महत्वका साथ् जनचेतना जागृत गर्नुपर्नेमा जोड दिइन ।

    कार्यक्रममा चिकित्सालयका प्रमुख डा. नदन कँडेलले स्वस्थ जीवन सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । आयुर्वेदले रोग लाग्न नदिने र लागेपछि निको पार्ने विषयमा प्रस्तुति केन्द्रीत रहेको थियो ।

    अन्तरक्रियामा तीनै तहका सरकारको सहकार्य भन्दा पन्छाउने प्रवृत्ति प्रति निराशा व्यक्त गर्दै स्वास्थ्य सेवाको नीति र व्यवहार एकआपसमा बाँझिएको कार्यालय प्रमुख कँडेलले गुनासो गरेका छन् ।

    सो अवसरमा सहायक सिडिओ डोरेन्द्रप्रसाद निरौला, जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता राई, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायत २ दर्जन पत्रकारको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...