News Portal

  • भक्तपुरमा बाढी बस्तीमा पस्ने जोखिम, सतर्कता अपनाउन आग्रह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ असार २०८१
    २३३८ पटक
    hanumanteभक्तपुर, २२ असार २०८१

    अविरल वर्षाका कारण भक्तपुर हुँदै बहने नदीहरुमा बाढी आएको छ । बाढी बस्तीमा पस्ने जोखिम बढ्दै गएको देखिन्छ ।

    हनुमन्ते खोलाले आसपासका मठमन्दिर, पाटीसत्तल र विद्यालयलाई समेत डुबान ग्रस्त बनाएको छ । यद्यपि बिगतमा जस्तो सल्लाघारी र राधेराधे क्षेत्रमा भने समाचार तयार पार्दा सम्म पानी पसिसकेको छैन ।

    मनोहरा करिडोर बन्न नसक्दा सो क्षेत्रमा पनि डुबानको सम्भावना बढेको छ । यद्यपि केही दिन अघि स्काभेटरले माटो उठाएका कारण स्थानीयले राहत महसुस गरिरहेका छन् ।

    पाङ्गो माटो थिग्रीएर नदीमै रहने र फोहोर लेदो लगायतले नदीको सतह माथि आएको कारण नदीहरु डुबानको कारक बन्दै गएका छन् । वर्षा संगै नदी आसपासका स्थानीय हरेक वर्ष डुबानको चिन्ताले चिन्तित बन्दै आएका छन् ।

    जल तथा मौसम बिज्ञान बिभागले एक सूचना जारी गर्दै भक्तपुरका हनुमन्ते र मनोहरा लगायत नदी आसपासका बासीन्दालाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । जिल्ला विपत ब्यवस्थापन समितिकी अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी बाट बच्न र जोखिमबारे जानकारी गराउन आग्रह गरेकी छन् । जनधनको क्षति हुन नदिन उद्दारका लागि सुरक्षा निकाय र स्वयंसेवक तयारी अवस्थामा रहेका समेत उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...