News Portal

  • उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष

    भक्तपुर, २५ असार
    १८६ पटक
    भक्तपुर, २५ असार

    नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।

    सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने भएको छ ।

    संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारण सभाले पारित गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...