News Portal

  • ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीकाे सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ असार २०८१
    ३८० पटक
    भक्तपुर, २६ असार २०८१

    माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीले सम्मान गरेको छ । बुधवार नेपाल प्रेस सोसाइटीकाे शुभारम्भका अवसरमा सूर्यविनायकमा आयोजित विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा मोडर्न सेकेन्डरी स्कूलकी बुमिरा माकजु, युनिटी इङ्ग्लिश स्कूलका आशिष थापा क्षेत्री, मनोरम बोर्डिङ्ग सेकेण्डरी स्कूलका प्रनिसा बखुन्छे, हिमाल एकेडेमीका बिपना मिश्र, एसओएस हर्मन माइनर माध्यामिक विद्यालयका आर्यन न्यौपाने र मेधा माध्यमिक विद्यालयका अम्शुदिल प्रजापति रहेका थिए ।

    सो अवसरमा ४ जीपीए ल्याउन सक्ने गरी पठन पाठनको व्यवस्था मिलाएको र उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई पनि सम्मान गरिएको थियो । ४ जीपीए ल्याउने ६ विद्यालयमा मेधा माध्यमिक विद्यालय मात्र सामुदायिक विद्यालय हो भने अन्य सबै संस्थागत विद्यालय रहेका छन् ।

    सम्मान कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, राष्टिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य एवं प्रमुख सचेतक सन्तोष परियार र नेकपा(एमाले) का सूर्यविनायक नगर उपाध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य किरण थापाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले शिक्षा बिना अन्य विकास अधुराे हुने बताएका छन् । साे अवसरमा सांसद थापाले भक्तपुरको विकास, निर्माण र प्रगतीको पक्षमा सबै जनप्रतिनिधि एक ठाउँमा उभिनुपर्ने आवश्यकता औल्याउदै त्यसका लागि आफूले समन्वयको प्रयास गरिरहेको पनि प्रष्ट पारेका छन् ।

    त्यसैगरी विशेष अतिथि रहेका प्रतिनिधि सभा सदस्य सन्तोष परियारले विद्यार्थीलाई हौसला प्रदान गरी प्रेस सोसाईटीले प्रशंसनीय कार्य गरेको बताएका छन् । पत्रकारिता क्षेत्र जिम्मेवार क्षेत्र भएको भन्दै उनले भक्तपुरका विविध विषयमा पत्रकार, सञ्चारमाध्यम र सञ्चारसँग सम्बन्धीत नेपाल प्रेस सोसाईटी जस्ता संघसंस्थाहरुले बहस चलाउनुपर्ने सुझाव समेत दिए ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनको हब बनाउन सकिने बताउँदैं त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । सम्मानित विद्यार्थीहरूले आफ्नो मेहनतको फल पाएको र  सम्मानले आफूहरूलाई थप मिहिनेत गर्न प्रेरित गरेको प्रतिक्रिया दिए ।  सम्मानले भविष्यमा पनि यस्तै सफलता हासिल गर्न प्रेरित गरेको उनीहरुले बताएका छन् ।

    सो अवसरमा हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पाल, एनप्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति, सचिव संजिप घिमिरे शुभचिन्तक तथा विभिन्न विद्यालयका प्रिन्सिपल र अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

    सूर्यविनायक नगरपालिकाका पूर्व प्रवक्ता समेत रहेका नेपाल प्रेस सोसाइटी, भक्तपुरका अध्यक्ष उपेन्द्रराज केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष दिपेन्द्रराज खत्रीले गरेका थिए भने सहभागीलाई महासचिव केशव लुइँटेलले स्वागत गरेका थिए ।

    कार्यक्रममा सोसाईटीका अध्यक्ष केसीले सोसाईटीले कुनै पनि राजनैतिक विचार र आस्थाका आधारमा भेदभाव नगरी साझा चौतारीको रुपमा मञ्च उपलब्ध गराउने एवं प्रेस, अभिव्यक्ति स्वतन्त्रता, विकास, सुशासन र नागरिक हक अधिकारको पक्षमा आवाज उठाइरहने  प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...