News Portal

  • झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ असार २०८१
    ३१७ पटक
    भक्तपुर, २८ असार २०८१

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो ।

    वर्षायाममा मात्र विरुवा रोप्ने कार्यक्रम गर्दै आएको यस अभियानले गत वर्ष नगर क्षेत्रका सबै वडामा गरी करिब ७ हजार एभोकाड़ोको विरुवा नि:शुल्क वितरण गरेको थियो । यो वर्ष पनि वडा नम्बर १,३, ६ र ७ नम्बर वडामा गरी करिब ३ हजार बिरुवा वितरण गरि सकिएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । भदौं सम्म विरुवा बाढ्ने उनले बताए ।

    शुक्रवार बिहान झरीको पर्वाह नगरी एभोकाडोको विरुवा वितरण गर्न चाँगुनारायण-६ नगरकोट पुगेका अभियन्तालाई स्थानीयले न्यानो स्वागत समेत गरेका छन् । वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामाको नेतृत्वमा रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयले अभियन्ताहरुलाई स्वागत गरेका हुन् ।

    सो अवसरमा अभियानका परिकल्पनाकार डिपी ढकाल, संयोजक नरेश खड्का सहित अभियन्ताहरु सुनिल गोठे बासु, दिनेश खनाल, चण्डिका लामिछाने, नरेश रंजित, राजु कुटु,मदन ढुंगाना, राजेश्वरी शिल्पकार, गीता राजथला, अमृता संजेल, मदन श्रेष्ठ, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, रोहित मोक्तान, रामकुमार बुढाथोकी लगायतको सहभागिता रहेको अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् ।

    नगरकोटको भट्टेडाँडामा आयोजित विरुवा वितरण कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले सरकारी स्तरमा संचालन गर्नुपर्ने काम अभियन्ताहरुले सामुहिक पहलमा गर्दै आएको प्रति सन्तोष व्यक्त गरे । ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ चाँगुनारायणको बातावरण संरक्षण र सम्वृद्धिसंग सम्बन्धित भएको भन्दै उनले यस अभियानलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

    सो अवसरमा ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ का परिकल्पनाकार एवं मुख्य संरक्षक डिपी ढकालले चाँगुनारायण क्षेत्रका प्रत्येक घरमा कम्तिमा २ वटा एभोकाड़ो रोप्ने लक्ष अनुरुप नि:शुल्क विरुवा वितरण गरिएको बताए । ”हामीले १७ हजार घरमा ३४ हजार एभोकाड़ो रोप्ने लक्ष लिएका छौं ।” उनले भने ।

    नागरिक स्तरमा संचालित यो अभियान अन्य नगर, जिल्ला र प्रदेशका लागि पनि अनुकरणीय हुने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका अभियानका परिकल्पनाकार ढकालले बताए । ‘एभोकाड़ो नै गर्नुपर्छ भन्ने छैन, आफ्नो अनुकूलतामा पर्यावरण र आर्थिक उपार्जनका लागि नागरिक स्तरमै अभियान चलाउन सकिन्छ भन्ने हामीले उदाहरण प्रस्तुत गरेका छौं ।” उनले भने ।

     

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...