News Portal

  • भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ साउन २०८१
    २०७ पटक
    भक्तपुर, १ साउन २०८१

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो ।

    आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका २ हजार ५ सय ९४ मुद्दा र नयाँ दर्ता भएका मुद्दा ५ हजार १२ रहेका थिए । वर्षभरीमा अदालतले ३ हजार ८ सय ८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ९४.८७ प्रतिशत सफलता प्राप्त गरेको सूचना अधिकारी भिमवहादुर पाण्डेले प्रष्ट पारेका छन् ।

    श्रेष्तेदार ऋतवहादुर पुलामी मगरले बताए अनुसार वर्षभरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३ हजार ९ सय ७० रहेकोमा २ हजार १ सय ८२ वटा त्यसैगरी व्यक्तिवादी फौजदारीमा १ हजार ८ सय ३ मुद्दा रहेकोमा ७ सय ९९ र सरकारवादी फौजदारी मुद्दा सङ्ख्या १ हजार ७ सय ३२ रहेकोमा ६ सय ५५ वटा फर्छ्यौट भएका छन् । साथै, पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा र रिट मार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फर्छ्यौट भएको उनले बताए ।

    जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट  ठहरिएका कर्मचारीलाई सम्मान समेत गरिएको छ ।

    भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन् । जसमा इजलास १ मा प्रमुख न्यायाधीश वासुदेव न्यौपाने, २ नम्वर इजलासमा न्यायाधीश उपेन्द्रप्रसाद गौतम, ३ नम्वर इजलासमा न्यायाधीश श्रीप्रसाद संजेल, ४ नम्वर इजलासमा न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, ५ नम्वर इजलासमा न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्वर इजलासमा न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...