News Portal

  • भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ साउन २०८१
    ५९२ पटक
    भक्तपुर, ३ साउन २०८१

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले सोकुरा बताएका हुन् ।

    बिहीवार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै उनले भने, ”दलका नेताहरु चौतर्फी देखिने शिशाको घरमा भएकाले उनीहरुको प्रत्येक गतिविधि छर्लंगै भएको छ, जनताले नियालिरहेका छन् ।” नेताहरुको बिचार, प्रबृत्ति, उदेश्य, सोच, बोलाई र काम गराई जनताले मूल्यांकन गरिरहेका उनको भनाइ छ । सूचना प्रविधिको बिकास र पहुँचले गर्दा जनताले हेरिरहेका र नेताहरुका सबै कुरा बुझिसकेका उनले बताए ।

    राजनीतिमा संक्रमणको प्रभाव र नेताहरुमा शुद्धिकरणको अभावका कारण देशको हरेक क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै पूर्व अर्थमन्त्री पुनले राजनीतिक दल र नेताहरुबाट शुद्धिकरण शुरु गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन् । राजनीतिक दल, नेता र कार्यकर्ताले देशको नेतृत्व गर्ने भएकाले यो क्षेत्र सवल भए मात्र देश सही बाटोमा जाने भन्दै पूर्व मन्त्री पुनले रोल मोडलका रुपमा रही हरेक क्षेत्रलाई हौसला र प्रेरणा प्रदान गर्नेगरी काम गर्न सक्नुपर्नेमा जोड दिए ।

    देश विकासको प्रचुर सम्भावना रहेको प्रष्ट पार्दै पूर्व मन्त्री पुनले दुई तिहाई जनसंख्या संलग्न कृषी क्षेत्रलाई आधुनिकिकरण गरी उत्पादन र आम्दानी बढाउनुपर्ने बताए । प्रतिष्पर्धी हुन नसक्ने उद्योग कलखारखानाले उभो नलगाउने जिकिर गर्दै उनले आफूहरुको सुझबुझका कारण सिमेन्टमा देश आत्मनिर्भर भएको र निर्यातको चरणमा गएको समेत जानकारी गराए ।

    नेपालमा पर्यटन र जलश्रोतको उपभोग गरी देशमा सम्वृद्धि ल्याउन सकिने उनको भनाइ छ । ”पर्यटन र जलविद्युत्मा हामीसंग चीन र भारत मात्र होइन कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैन, यो हाम्रो प्रतिस्पर्धी क्षेत्र हो ।” उनले भने । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका पूर्वमन्त्री पुनले १८ घण्टा लोडसेडिङ्गमा रहेको देश आफूहरुले नेतृत्व गरेपछि लोडसेडिङ्ग मुक्त मात्र नभई अहिले वार्षिक १८ अर्वको बिजुली भारतलाई बेचिरहेको र ४० मेगावाट बंगलादेशलाई बेच्ने चरणमा रहेको समेत जानकारी गराए ।

    नेपालको बिकास र सम्वृद्धिको लागि अर्को प्रतिस्पर्धी क्षेत्र सूचना प्रविधिको क्षेत्र देखिएको पनि पूर्व अर्थमन्त्री पुनले जानकारी गराएका छन् । ”गत वर्ष हामीले १ खर्व भन्दा बढीको आइटी सेवा निर्यात गर्यौं ।” उनले भने । अन्य क्षेत्रमा बिसौंतिसौं वर्ष मिहिनेत गर्दा नपाएको प्रतिफल सूचना प्रविधिको क्षेत्रमा केही वर्षमा प्राप्त भएको भन्दै उनले यो क्षेत्रलाई महत्वको साथ् अघि बढाउनुपर्नेमा जोड दिए । ”सूचना प्रविधिको निर्यात गर्दा न हामीलाई भारत र चीनको बन्दरगाह चाहिन्छ नत आकाश । त्यसैले, शिक्षालाई सूचना प्रविधि केन्द्रीत् गर्नसके सम्वृद्धि सजिलै आउँछ ।” उनले दावी गरे ।

    सो अवसरमा पूर्व अर्थमन्त्री पुनले नेपाल पूरै स्वर्ग बनाएपनि विदेश जाने क्रम रोक्न नसकिने समेत बताएका छन् । विश्व नै एउटा गाउँको अवधारणा आईसकेकोले शिक्षा, सुविधा र अवसरको खोजीमा मानिसहरुलाई विदेश जानबाट रोक्न नसकिने उनले बताएका हुन् । तर, देशभक्तिपूर्ण शिक्षादीक्षा र नयाँपुस्ता मैत्री वातावरण दिन सकेको खण्डमा मात्र उनीहरुलाई रोक्न र फर्काउन सकिने उनले बताए ।

    पूर्व अर्थमन्त्री पुनले निजी क्षेत्रलाई हतोत्सायी गराउने कार्य राज्यले नगर्ने तर त्यसो भन्दैमा सार्वजनिक क्षेत्रलाई सुधार गर्न छोड्ने भन्ने कुरा पनि नहुने बताएका छन् । शिक्षामा पनि निजी क्षेत्रले योग्य नागरिक उत्पादनमा भूमिका निर्वाह गरिरहेको बिर्सन नहुने बताउँदै पूर्व अर्थमन्त्री पुनले तर, राज्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउदै निजी क्षेत्रलाई सम्मानजनक बिदाईको लागि सदैव तम्तयार बनाइराख्नुपर्ने पनि बताए ।

    सो अवसरमा पूर्व अर्थमन्त्री पुनले माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई सम्मान समेत गरेको छन् । सम्मानित हुनेहरुमा सूर्यविनायक नगर क्षेत्रबाट मोडर्न सेकेन्डरी स्कूलकी बुमिरा माकजु, युनिटी इङ्ग्लिश स्कूलका आशिष थापा क्षेत्री, मनोरम बोर्डिङ्ग सेकेण्डरी स्कूलका प्रनिसा बखुन्छे, हिमाल एकेडेमीका बिपना मिश्र रहेका आयोजक सूर्यविनायक प्याब्सनका अध्यक्ष दिनेश मैनालीले जानकारी दिए । सम्मानित अन्य दुईमा मध्यपुर थिमीको एसओएस हर्मन माइनर माध्यामिक विद्यालयका आर्यन न्यौपाने र भक्तपुर नगरको मेधा माध्यमिक विद्यालयका अम्शुदिल प्रजापति रहेका छन् ।

    https://fb.watch/tp0ndIl_Um/https://fb.watch/tp0ndIl_Um/

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...