News Portal

  • आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ९ साउन २०८१
    ६९१ पटक
    भक्तपुर, ९ साउन २०८१

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन गरिएको छ । प्रमुख अतिथि टुल्कु सङ्गे शेडुब तेन्जीन रेम्पोछे र विशेष अतिथि रहेका बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बुधवार छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन गरेका हुन् ।

    सूर्यविनायक- ८ आशापुरीमा रहेको प्रसिद्ध आशापुरेश्वर महादेवको मन्दिर नजिक रहेको झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्क एक धार्मिक एवं पर्यटकीय गन्तब्यस्थल बन्ने बनेपा नगरपालिकाले बिश्वास लिएको छ । प्रमुख अतिथि रेम्पोछे र विशेष अतिथि नगरपालिकाका प्रमुख शाक्यले छ्योर्तेन स्तुपा र बुद्धपार्क यस क्षेत्रको पवित्रस्थलको रुपमा रहने बताएका छन् ।

    वडाध्यक्ष टुल्कु लामाको अगुवाइमा नगरपालिका एवं दाताहरुको आर्थिक सहयोग लिएर झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्क निर्माण गरिएको बुद्धपार्क उपभोक्ता समितिका अध्यक्ष सुदिप तामाङ्गले जानकारी गराएका छन् । करिब ५ महिना लगाएर निर्माण सम्पन्न गरिएको छ्योर्तेन स्तुपा र बुद्धपार्क निर्माणमा करिब २१ लाख रुपैया लागेको तामाङ्गले जानकारी गराए ।

    स्तुपा निर्माणमा व्यक्तिगत दातातर्फ़ सर्वाधिक आर्थिक सहयोग डिपडोलका दामोदर अधिकारीले १ लाख ५० हजार ५ सय २५ रुपैया सहयोग गरेका छन् भने खोला डाडाका श्याम लामाले १ लाख ५ हजार र सिम्रिक एयरलाइन्सले १ लाख सहयोग गरेको छ । रु १ लाख मुनी पनि धेरै दाताले आर्थिक दान दिएका र स्थानीयले उल्लेखनीय जनश्रमदान समेत गरेका स्तुपा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर तामाङ्गले जनाएका छन् ।

    स्तुपा र बुद्धपार्कको लागि छुट्टा छुट्टै उपभोक्ता समिति बनेको थियो । स्तुपा उपभोक्ता समितिको अध्यक्षमा ओमबहादुर र बुद्धपार्कका लागि सुदिपको अध्यक्षतामा समिति बनेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...