News Portal

  • अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ साउन २०८१
    ५१९ पटक
    miss bhaktapur divaभक्तपुर, ११ साउन २०८१

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् ।

    प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु ५० हजार र विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेकी छन् ।

    प्रतियोगितामा प्रतिक्षा सुवेदी फस्ट रनर अप र माला रिजाल सेकेन्ड रनर अप बन्न सफल भएका छन् । कार्यक्रम‌मा विविध सबटाइटल अवार्डहरुसमेत वितरण गरिएको थियो ।

    मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा सम्पन्न प्रतियोगितामा १७ देखि २४ उमेर वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको शारारीक, बौद्धिक एवं सांस्कृतिक पक्षहरूको मूल्यांकन गर्दै निर्णायक मण्डलको निर्णय अनुसार बिजेता घोषित गरिएको आयोजक VersinoNepal का सजक पोखरेल र gorkhez enterprise का  राधा कार्कीले जनाएका छन् ।

    सुमी बानिया र मुस्कान श्रेष्ठको कोरियोग्राफी र डिजाइनमा सम्पन्न प्रतियोगितामा प्रदिप बोहोरा, विधि लम्साल र निमेष कपाली लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    बिज एजुकेसन,कोष्टलाईन भिजा सर्भिस तथा वेभ हिमालयन स्पोर्टस एण्ड फिटनेस सर्भिसले प्रायोजन गरेको प्रतियोगिताको फ़ाइनलमा भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यता र बरिष्ठ कलाकार निर शाहको विशेष आतिथ्यता रहेको थियो ।उनीहरुले यस्ता प्रतियोगिता आत्मविश्वास र प्रतिभा प्रस्फुटनमा सहयोगी सिद्ध हुने र मोडलिङ्ग लगायतका क्षेत्रमा करिअर बनाउन पनि मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...