News Portal

  • रुख कांग्रेसको मात्र होइन : सांसद थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ साउन २०८१
    ३८३ पटक
    भक्तपुर, १२ साउन २०८१

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले रुख कांग्रेसको मात्र नभएको बताएका छन् । सूर्यविनायक-५ कटुन्जेमा शनिवार राष्ट्रका लागि दुई घण्टा अभियानले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले वातावरण संरक्षण गर्न रुख आवश्यक रहेको र त्यसका लागि वृक्षारोपण गर्नु सबैको साझा कर्तब्य भएको बताएका हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद थापाले भने, ”वृक्षारोपण महान कार्य हो, यसलाई राजनीतिक रंग दिएर तेरोमेरो नभनी सबै दलका साथीहरू देखि नागरिक समाज र स्थानीयबासी सबै एकजुट भएर वृक्षारोपणमा लाग्नुपर्छ ।” बोटबिरुवा पर्यावरणको रक्षा, बातावरणको संरक्षण र सुन्दरता संग जोडिएको बताउदै सांसद थापाले मानव स्वास्थ्य रक्षाका लागि समेत वृक्षारोपणको महत्व रहेको बताए ।

    राष्ट्रका लागि दुई घण्टा अभियानका अभियन्ताहरुले आएर रोपिदिएका आफ्नो घर वरपरका बिरूवालाई हुर्काउने जिम्मेवारी स्थानीयकै भएको भन्दै सांसद थापाले सामुहिक हितका लागि काम गर्ने अभियन्ताहरुलाई सबैले यथाशक्य सहयोग गर्नुपर्नेमा पनि जोड दिए ।

    सो अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष राज कुमार जोशीले आफ्नो वडामा अभियन्ताहरुले वृक्षारोपण कार्यक्रम गरेको प्रति आभार प्रकट गर्दै त्यसको संरक्षणका लागि वडा प्रतिवद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा अभियानका अध्यक्ष मधु ढुंगेलले आफूहरुले भक्तपुरबाटै राष्ट्रको लागि कम्तिमा दुई घण्टा छुट्याउन प्रेरित गर्दै अभियान संचालन गरेको र अभियानले छोटो समयमै सबैको माया पाइरहेको प्रति सन्तोष व्यक्त गरेका थिए ।

    शनिवार कटुन्जे शुशिला भैरब मन्दिर आसपास सार्वजनिक जग्गा र बाटोमा करिब १ सय ६० बिरूवा रोपिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् । उक्त ठाँउमा कपुर, असारे ,कल्की लगायतका विरुवा रोपिएका उनले बताए ।

    वृक्षारोपण कार्यक्रममा सुनपा ५ नम्बर वडा कार्यालय, कटुञ्जे जिवन बिज्ञान, घट्टेखोला लिफ्ट जलश्रोत समिति, सशस्त्र प्रहरी, नेप्सेम्याक, युनिक स्कूल लगायतको संस्थागत सहभागिता रहेको महासचिव नवराज काफ्लेले बताएका छन् ।

    यस्ता कार्यक्रमले स्थानीयलाई समेत जागरुक बनाउने तथा वातारण जोगाउन र नगर सुन्दर बनाउन पनि प्रेरणा मिल्ने स्थानीय समेत रहेका नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्काले बताए ।

    कार्यक्रममा अभियन्ताहरु सूर्यविनायक नगरकी पूर्व नगर उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमीकी पूर्व उपप्रमुख अन्जना देवी मधिकर्मी, चाँगुनारायण-२ का वडाध्यक्ष सोमप्रसाद प्रधान लगायत दुई दर्जन नियमित अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...