News Portal

  • पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ साउन २०८१
    ५१८ पटक
    changunarayan city avocardo cityभक्तपुर, १३ साउन २०८१

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो ।

    पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता रामभक्त खत्री र चण्डिका लामिछानेको व्यवस्थापनमा करिब ७ सय बिरुवा वितरण र रोपण कार्य गरिएको अभियानका संयोजक नरेश खड्काले बताए ।

    स्थानीय समाजसेवी एवं जेष्ठ नागरिक शिवबहादुर थापालाई विरुवा वितरण गर्दै शुरु गरिएको सो कार्यक्रममा सयौं स्थानीयले उत्साहपूर्वक सहभागी भएर विरुवा लिने र रोप्ने काम गरेका अभियन्ता चण्डिका लामिछानेले जनाएकी छन् । यसअघि पनि आफ्नो वडामा एभोकाड़ोको बिरुवा वितरण गरिएको बताउदै अभियन्ता रामभक्त खत्रीले विरुवा नपाएका तर, रोप्न इच्छा भएका स्थानीयले आफूहरुसंग सम्पर्क गरे विरुवा उपलब्ध गराउन पहल गर्ने जानकारी गराए  ।

    avocardo pikhel5

    avocardo pikhel

    एभोकाड़ोको बिरुवा लिन आएका स्थानीय एवं नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका पूर्व सभापति तथा केन्द्रीय उपमहामन्त्री मनोजकुमार थापाले नगरको सुन्दरता, पर्यावरणको रक्षा र आयआर्जनको दृष्टिले चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान प्रसंशनीय रहेको प्रतिक्रिया दिएका छन् ।

    केही अभियन्ताको उत्साहले संचालित यो अभियानलाई सबैले साथ् र सहयोग गर्नसके यसले चाँगुनारायण क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ छ ।

    त्यसैगरी स्थानीय एवं राप्रपाकी केन्द्रीय सहमहामन्त्री यवती कार्कीले एभोकाड़ो बहुगुणी फल भएको आफूले थाहा पाएको र यसको बजार मूल्य पनि राम्रो भएको भन्दै चाँगुनारायण क्षेत्रमा एभोकाड़ो रोप्ने र फलाउने अभियानप्रति ऐक्यवद्धता प्रकट गर्नुका साथै यसको निरन्तरताको कामना गरेकी छन् ।

    स्थानीय एवं वन महासंघकी महासचिव रमिला कार्कीले बर्षैभरी हरियो भैरहने एभोकाड़ोको बोटले अत्यधिक अक्सिजन दिने र हरियाली बढाउने भन्दै चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियानकर्मीप्रति आभार प्रकट गरिन ।

    महिला नेत्री जमुना थापा र अग्रज महिला सहकारीकी अध्यक्ष सन्तोषी कार्कीले ‘एक घर दुई एभोकाड़ो’ को लक्ष सहित निशुल्क बाडिएका एभोकाड़ो हुर्किएर फल्न थालेपछि अभियानको मर्म स्थानीयले बुझ्ने बताए । एभोकाड़ो बेचेर हुने आम्दानीले हरेक परिवारमा विशेषत: महिलालाई घर खर्च टार्न मद्दत मिल्ने उनीहरुले विश्वास व्यक्त गरे ।

    अभियानका अभियन्ता रामकुमार तामाङ्गले चाँगुनारायणको समग्र बिकासको भिजन भएका नेता डिपी ढकालको परिकल्पना र मुख्य संरक्षकत्वमा संचालित यस चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानले समग्र चाँगुनारायणलाई सुन्दर, स्वस्थ, पर्यावरणमैत्री र सम्वृद्धि नगर बनाउने सपना बोकेको बताए ।

    त्यसैगरी अर्का अभियन्ता दिनेश खनालले चाँगुनारायणका प्रत्येक घरमा कम्तीमा २ वटा एभोकाड़ोको रुख भएको दिन आफूहरुको अभियान सफल हुने जानकारी दिंदै यो अभियान चाँगुनारायणका हरेक घरको सम्वृद्धिसंग जोडिने जिकिर गरे ।

    changunarayan city avocardo city

    changunarayan city avocardo city

    सो अवसरमा अभियन्ताहरु सनिस लागेजू,राधिका वन, बिनोद गौतम, लक्ष्मण दुलाल, मदन ढुंगाना लगायतको पनि उपस्थिति रहेको थियो ।

    changunarayan city, avocardo city

    changunarayan city, avocardo city

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...