News Portal

  • गठ्ठाघर दुर्घटना : छिटो सूचनाको अस्वस्थ दौड, मृतकको पहिचान अझै नखुलेको प्रजिअको पुष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ साउन २०८१
    ११४३ पटक
    भक्तपुर, ३१ साउन २०८१

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान दिएको प्रहरीको आरोप छ ।

    नेपालीले मादक पदार्थ सेवन समेत गरेको देखिएको प्रहरी वृत्त थिमिले बताएको छ । उनले विगतमा पनि यस्तै अफवाह फैलाएको पाइएको बताइएको छ ।

    योसंगै एसएसपीको हवाला दिंदै बिभिन्न अनलाइनले मृतक भनेका व्यक्ति जिवितै रहेको देखिएको छ ।

    भक्तपुरपोस्ट संग कुरा गर्दै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अझै पनि मृतकको पहिचान खुल्न नसकेको बताएकी छन् । मृतकसंग पहिचान खुल्ने कुनै कागजात नभेटिएको उनले भक्तपुर पोस्टसंग भनिन् ।

    मृतक सवार बा४९प ८९४४ नम्बरको स्कुटरको ब्लु बुक रेकर्डमा सवारी धनी ओखलढुंगाका उत्तम कोइराला देखिएकाले अहिले प्रहरी उनको सम्पर्कमा पुग्न तल्लीन रहेको छ । कोइरालाको मोबाइल नम्बर स्वीच्ड अफ आइरहेको छ । उनीसंग सम्पर्क भएपछि यकिन पहिचान प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।

    बिहीवार दिउँसो करिब २ बजेको समयमा काठमाडौबाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले गठ्ठाघर बस स्टपमा ठक्कर दिएको थियो । त्यसपछि पनि ट्रक चालकले जानीजानी घिसारेर स्कुटी चालकको ज्यान लिएको भन्दै स्थानीय आक्रोशित भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

    भक्तपुर पोस्ट संग कुरा गर्दै सिडिओ रोशनीकुमारी श्रेष्ठले संयमता अपनाउन सबैसंग आग्रह गरेकी थिइन् । दुर्घटनाका दोषीलाई उन्मुक्ति नहुने प्रतिवद्धता प्रकट गर्दै उनले प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीय प्रदर्शनकारीसंग अनुरोध गरेकी थिइन् ।

    दुर्घटनाको ३ घण्टा पछि प्रहरीले क्रेनबाट ट्रक उठाएर शव बाहिर निकाल्न सफल भएको थियो । फरार ट्रक चालकलाई मिनभवनबाट प्रहरीले थिमि वृत्तमा ल्याइपुर्याएको र थप अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...