News Portal

  • जवर्जस्ती करणीको आरोपमा भक्तपुरका एक प्रहरी हवल्दार जेल चलान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ भदौ २०८१
    २९३ पटक
    भक्तपुर, १ भदौ २०८१

    जवर्जस्ती करणीको आरोपमा भक्तपुरका एक प्रहरी हवल्दार जेल चलान भएका छन् । प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा उनी जेल चलान भएका हुन् ।

    भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि जेल चलान गरिदिएको हो ।

    श्रेष्ठले गत असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग लागेको छ ।

    राति कलमपोखरी छेउमा केटा र केटी भेटी हवल्दार श्रेष्ठ समेतले पक्राउ गरेका र केटालाई छाडेर केटीलाई त्यही राखी राति जबर्जस्ती करणी गरेका उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...