News Portal

  • मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण कार्यक्रम

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २ भदौ २०८१
    १९५ पटक
    भक्तपुर, २ भदौ २०८१

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाको आयोजनामा जिल्लाका विभिन्न पेशाव्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । शनिवार बिहान होटेल सिटी गाउँमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    HURON

    जिल्लामा क्रियाशील नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, चिकित्सक,व्यवसायी, अपांगता भएका नागरिक, समाजसेवी र पत्रकार लगायतका प्रतिनिधिलाई प्रशिक्षण प्रदान गरिएको संगठनका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । प्रशिक्षणमा बिभिन्न क्षेत्रका ७५ बढी प्रशिक्षार्थी सहभागी भएका उनको भनाइ छ । नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर भक्तपुरले भने सो कार्यक्रममा कुनै पनि प्रतिनिधि नपठाएको आयोजकले जनाएको छ ।

    सो अवसरमा प्रशिक्षार्थीहरुलाई नेपाल मानव अधिकार संगठनका महासचिव कल्याण पोखरेल, उपमहासचिव शर्मिला थापा बिष्ट अधिवक्ता बिनोद कार्कीले छुट्टाछुट्टै प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण पश्चात सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

    संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बिभिन्न कार्यालय र संघसंगठनको तर्फबाट आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा सम्बोधन गर्दै उनीहरुले मानव अधिकारको महत्व माथि प्रकास पार्दै नेपालमा यसको संरक्षण, प्रवर्द्धन र बिकास नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सौन्दर्य भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...