News Portal

  • भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने स्वास्थ्य मन्त्री थापाको प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ भदौ २०८१
    २२४ पटक
    भक्तपुर, १ भदौ २०८१

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् ।

    प्रेस चौतारी नेपालको भक्तपुर शाखाले शनिवार आयोजना गरेको बधाई एवं शुभकामना ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ”भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रलाई एकीकृत गरी भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्छु ।” विगतमा प्रतिष्ठान बनाउन नसक्दा तीनैवटा अस्पतालको अपेक्षित बिकास हुन नसकेको उनले बताए । ”इमान्दारिताका साथ् पहल गर्छु, सबैको साथ् रहेमा अवश्य सम्भव हुनेछ ।” उनले भने ।

    नेकपा(एमाले)का जिल्ला उपाध्यक्ष समेत रहेका मन्त्री थापाले भक्तपुरका १७ वटै अस्पतालको बिकासमा भूमिका निभाउने भन्दै जिल्लालाई स्वास्थ्यको हव बनाउने पनि बताए । भक्तपुरका मात्र होइन, उपचारका लागि जिल्ला बाहिरका बिरामीको पनि रोजाइको केन्द्र भक्तपुरलाई बनाउने उनले बताएका छन् ।

    सो अवसरमा मन्त्री थापाले बागमती प्रदेशका हरेक जिल्लाले महसुस गर्नेगरी स्वास्थ्यमा सुधार गर्दै जाने जिकिर गरे । कुनैपनि गलत काम नगर्ने र आफूले भक्तपुरको शिर उचो राख्ने उनको भनाइ छ । ”कार्यभार सम्हालेको पहिलो दिन नै प्रदेशाबासी क्यान्सर बिरामीलाई दिंदै आएको रकम दोब्बर बनाउने निर्णय लिएको छु ।” उनले भने ।

    कार्यक्रममा मन्त्री थापाले भक्तपुरका पत्रकार संग महिनाको एक पल्ट भेट्ने र सुझाव लिने समेत बताए । देशको चौथो अंगको रुपमा रहेका पत्रकारलाई लक्षित गरी स्वास्थ्य कार्यक्रम अघि सार्ने समेत उनले संकेत गरेका छन् ।

    निजी सचिव पनि जिल्लावासी नै नियुक्त गरेका मन्त्री थापाले स्वास्थ्य बाहेकका क्षेत्रमा पनि आफूले उत्तिकै ध्यान दिने प्रतिवद्धता प्रकट गरेका छन् । गुण्डुमा यातायात व्यवस्था कार्यालय सार्ने देखि जिलास्थित विद्यालयको गुणस्तर वृद्धिसम्ममा आफूले ध्यान दिने उनले बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुर अस्पतालले महासंघका सदस्यलाई होलबडी चेकअपको सुविधा प्रदान गरेजस्तै प्रदेशभरीकै पत्रकारलाई विशेष स्वास्थ्य कार्यक्रम मार्फत सेवाको पहल गरिदिन ध्यानाकर्षण गराएका थिए ।

    त्यसैगरी महासंघका उपाध्यक्ष सुन्दर सिल्पकारले भक्तपुर क्यान्सर अस्पताल सूर्यविनायक नगर अस्पतालको अवस्थाबारे ध्यानाकर्षण गराए । सचिव संजीप शुभचिन्तकले पूरा गर्न नसक्ने आस्वासन बाडेर अनावश्यक बोझ नबोक्न सुझाव दिए । सदस्यद्वय हरिसुन्दर छुकां र संजीव दुलाल, स्वतन्त्र पत्रकार कृष्ण किसी, पत्रकार रत्न प्रजापति र सुनिता थापा लगायतले पनि बिबिध जिज्ञासा राखेका थिए ।

    प्रेस चौतारी भक्तपुरका इन्चार्ज रमेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अध्यक्ष हेमराज ढकालले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ भक्तपुरकी उपाध्यक्ष लिला श्रेष्ठ, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकी, केन्द्रीय परिषद सदस्य पेशल आचार्य त्यसैगरी चौतारीका केन्द्रीय सदस्यहरु कविता अधिकारी, आरसी प्रजापति, भगवती थापा र पत्रकार बिरेन चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।

    सो अवसरमा मन्त्री थापाका निजी सचिव डा नरेन्द्रप्रसाद गिरी र स्वकीय सचिव संजीव थापाको समेत आतिथ्यता रहेको चौतारीकर्मी सृजना खतिवडाले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...