News Portal

  • ८ रात ९ दिन लामो गाईजात्राको आज विशेष दिन, साँझमा विशेष आकर्षण रहने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ भदौ २०८१
    ५१७ पटक
    भक्तपुर, ४ भदौ २०८१

    भक्तपुरमा गाईजात्रा पर्व शुरु भएको छ । सोमबार साँझ दरवार क्षेत्रस्थित तलेजु मन्दिरबाट जात्रा शुरु भएको हो ।

    ८ रात ९ दिन लामो समय सम्म मनाइने भक्तपुरको गाईजात्रा जनै पूर्णिमादेखि श्री कृष्णाजन्माष्टमी सम्म चल्ने गर्दछ । सोमबार साँझबाट शुरु भएपनि यसको विशेष दिन भनेको आज मंगलवार नै हो । मंगलवार बिहानैबाट शुरु भएको गाईजात्रा भक्तपुरमा भव्य भैरहेको छ । उपत्यका र आसपासका हजारौ जात्रालुहरुले गर्दा भक्तपुरमा भीड बढेको देखिन्छ ।

    मंगलबार गाईजात्राको विशेष आकर्षण साँंझमा हुने गर्दछ । भैलद्य (परालबाट बनाइएको गाईको प्रतिक) सहितलाई अघि लगाएर तहामच्चा निकाल्ने र साथमा घिन्ताङ्ग घिसी ट्वाक्क गर्दै हास्दै खेल्दै आउने समूह नै जात्राका प्रमुख आकर्षण हुन् ।

    यो हेर्न भक्तपुरमा मानिसहरुको भीड लागेको छ । बिदेशी पर्यटक समेत जात्राको रमाइलो हेरेर र सामेल भएर आनन्द लिइरहेका छन् । भक्तपुरमा आज सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच, व्यङगात्मक नाटक, झाकी र साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुने र बेलुकापख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने गर्दछ ।

    वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा नेवा:समुदायमा गाई सहित निकालिने जात्रा गाईजात्रा हो । नेपाल भाषामा यसलाई सापारु भनिन्छ । नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा पर्वको रुपमा प्रख्यात रहेको छ ।

    साक्षात गाई अथवा गाईको स्वरुपमा स्रिङ्गारिएर ल्याइएको साः लाई भक्तपुर नगरभरि घुमाइदै छ । साथै त्यसको अगाडि बालबच्चादेखि बुढाबुढीहरुसम्म कोही धूप बालेर आइरहेको छन् त कोही दुई वटा लठ्ठी जुदाउँदै घिन्ताङ्गघिसीं ट्वाक्क खेल्दै गरेका देखिन्छन । एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गर्ने र उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गरिएको छ ।

    मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने पर्व भएको संस्कृतीविदहरु बताउँछन् ।

    मल्ल कालका राजा प्रताप मल्लले पुत्रशोक परेर विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउन आदेश दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकापछि विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप गाइजात्राको प्रचलन चलेको जनविश्वास रहेको छ ।

    भक्तपुर जिल्लाकै मध्यपुर थिमीमा भने सापारु राँको बालेर मनाइने चलन छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...