News Portal

  • चाँगुनारायणमा एभोकाड़ोको बजारीकरणका लागि व्यवसायी वैद्यले सहयोग गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ भदौ २०८१
    १००० पटक
    suraj baidya DP dhakalभक्तपुर, ११ भदौ २०८१

    व्यवसायी सुरज वैद्यले चाँगुनारायण क्षेत्रमा उत्पादन हुने एभोकाड़ोको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं टोयटा कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता हुन् ।

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ का परिकल्पनाकार एवं अर्थ-राजनीतिका विज्ञ डिपी ढकालसंग मंगलवार कुरा गर्दै व्यवसायी बैद्यले उत्पादन नै सम्वृद्धिको आधार भएकोले आफू अभियानलाई सहयोग गर्न तयार रहेको बताए । युवाहरुले आफ्नो क्षेत्रलाई सम्वृद्ध गर्नसके देश सम्वृद्ध बन्दै जाने बताउदैं उनले ढकालको काम अनुकरणीय रहेको पनि उल्लेख गरेका छन् ।

    कृषकले नै आफ्ना छोराछोरीलाई कृषक बनाउन नचाहने अवस्था प्रति चिन्ता व्यक्त गर्दै व्यवसायी वैद्यले कृषिमा वैदेशिक लगानीसमेत भित्राउने र देशमा कृषि उत्पादन बढाउने लक्षसहित आफूले वृद्धि परियोजना संचालन गर्ने खुलासा समेत गरेका छन् ।

    त्यसैगरी उनले चाँगुनारायणका गृहिणी महिलाई स्वरोजगार र सीपयुक्त बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि प्रकट गरे ।

    सो अवसरमा चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानका परिकल्पनाकार रहेका नेता डिपी ढकालले एभोकाड़ो फल्न थालेपछि बजार नपाउला कि भन्ने चिन्ता समाप्त भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष रहिसकेका प्रतिष्ठित राष्ट्रिय व्यवसायीले चाँगुनारायणमा संचालित आफूहरुको अभियानलाई सहयोग गर्ने आश्वासन दिनु नै ठुलो उपलब्धी भएको उनको भनाइ छ ।

    भेटघाटमा स्वरोजगार र शिपयुक्त महिला अभियान, राष्ट्रिय उत्पादन वृद्धि अभियान लगायतका विषयमा समेत छलफल भएका छन् । सो अवसरमा वृद्धि अभियानकी निर्देशक सृष्टि शाक्य र नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकको समेत उपस्थिति रहेको थियो ।

    के हो चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान
    भक्तपुरको चाँगुनारायण नगर क्षेत्रलाई बहुगुणी फल एभोकाड़ोयुक्त बनाउने नागरिक अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान हो । ‘एक घर, दुई एभोकाड़ो’ भन्ने लक्षसहित संचालित यो अभियानका परिकल्पनाकार एवं संरक्षक नेता डिपी ढकाल हुन् । उनको परिकल्पना लाई पत्याएर सयौं अभियन्ता स्वत;स्फूर्त रुपले यस अभियानमा जोडिएका छन् ।

    नागरिक स्तरमा संचालित ३ वर्षे यो अभियान गत वर्ष बाट शुरु भएको हो । अभियानले २ वर्षमै १६ हजार ३ सय बोट एभोकाडो वितरण र रोपण कार्य सम्पन्न गरेको छ ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...