News Portal

  • सुटुक्क भक्तपुर आए राष्ट्रपति पौडेल, सर्वसाधारण सरह दरवार क्षेत्रको अवलोकन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ भदौ २०८१
    ८०५ पटक
    भक्तपुर, १४ भदौ २०८१

    राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण र स्थानीय तलेजु भवानी र भैरवनाथको पूजाअर्चना गरेका छन् । शुक्रवार बिहान करिब ११ बजे धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ सुटुक्क भक्तपुर आएका उनले अवलोकन एवं पूजा अर्चना गरेका हुन् ।

    कुनै तामझाम र औपचारिक कार्यक्रम बिना आएका राष्ट्रपति पौडेलले दरवार संग्रहालय र त:मारीस्थित ङातापोला (पाँच तले मन्दिर) को पनि अवलोकन गरे ।

    भक्तपुरमा करिब १ घण्टा बिताएका राष्ट्रपति पौडेललाई भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र सिडिओ रोशनीकुमारी श्रेष्ठले स्वागत गरेका थिए । सो अवसरमा मध्यपुर थिमिका नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीको उपस्थिति रहेको थियो ।

    भक्तपुर नगरपालिकाको तर्फबाट गौतम लासिवाले राष्ट्रपति पौडेललाई दरवार क्षेत्रका बिबिध सम्पदा बारे बताएका थिए भने गुठी सस्थान भक्तपुरकी प्रमुख खिमा ओलीले पूजाअर्चनाको ब्यवस्था मिलाएकी थिइन ।

    “सार्वजनिकस्थलमा राष्ट्रपति”भन्ने कार्यक्रम शुरु गरिएको र सोही अन्तर्गत पहिलो कार्यक्रम भक्तपुरमा सम्पन्न गरिएको राष्ट्रपति पौडेलका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेलले जनाएका छन् । राष्ट्रपतिलाई जनतासंग जोड्न कार्यक्रमले सहयोग गर्ने उनले बिश्वास ब्यक्त गरे ।

    राष्ट्रपति पौडेलकी छोरी एवं स्वकीय सचिव अध्यक्षता पौडेलले राष्ट्रपति पौडेलले धार्मिक, सांंस्कृतिक एवं पर्यटकीय नगर भक्तपुरको भ्रमणप्रति आनन्द अनुभुती गरेका बताइन् ।

    औपचारिक कार्यक्रम नभएकोले भिडभाड नभएको र आम नागरिक जस्तै राष्ट्रपति पौडेलले भक्तपुर अवलोकन गरेको देख्दा स्थानीय र पर्यटकहरु अचम्मित थिए । सो क्रममा राष्ट्रपति पौडेलले स्थानीयसंग कुराकानी गर्नुका साथै स्थानीयको गुनासो समेत सुनेका थिए ।

    अनौपचारिक कार्यक्रम भएकोले नजिक आउन चाहने र कुरा राख्न खोज्ने सर्वसाधारणलाई नरोक्न उनले सुरक्षाकर्मीलाई निर्देशन दिएका कारण जनतासंग राष्ट्रप्रमुख नजिकिएको अनुभुती भएको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृृृष्ण प्रजापतिले प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...