News Portal

  • धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० भदौ २०८१
    २०१ पटक
    भक्तपुर, २० भदौ २०८१

    धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक गाडी नचलाउन सडक डिभिजन भक्तपुरले सूचना जारी गरेको छ । आज भदौं २० र भोलि २१ गतेका लागि सो सूचना जारी गरिएको हो ।

    धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकोले मर्मत सम्भार गर्न २ दिन मालवाहक गाडी बन्द गर्नुपरेको सडक डिभिजन भक्तपुरका प्रमुख सि.डि.ई. मेघराज मरासिनीले बताएका हुन् । ट्रिपर लगायत मालबाहक सवारी साधन २ दिन बन्द गरी सडक मर्मतमा सहयोग गरिदिन उनले भक्तपुर पोस्ट मार्फत आग्रह पनि गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका डिएसपी राजकुमार श्रेष्ठले सडक मर्मतका लागि आज र भोलि शुक्रवारसम्म मालबाहक सवारी चलाउन बन्देज गरिएको बताउदै अटेर गर्नेलाई कारवाही गरिने समेत जानकारी गराए ।

    वर्षाको कारण धुलिखेल-खावा सडक हिलाम्मे हुँदा यात्रुलाई असहज त भएको छ नै, अरनिको राजमार्गमा दुईतर्फी रुपमै यातायात अवरुद्ध समेत हुँदै आएको छ । आइतबार ७ घण्टा यातायात अवरुद्ध भएपछि सडक मर्मतको प्रेसर परेको हो । यस अघि जेठमा पनि दैनिक ४ घण्टा यातायात बन्द गरी एक सातासम्म सडक मर्मत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...