News Portal

  • ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० भदौ २०८१
    ९६४ पटक
    khopa hospitalभक्तपुर, २० भदौ २०८१

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानीमा ढिलाइ गर्दा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

    सो बारे नगरपालिका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार स्वास्थ्य बीमा बोर्डलाई अवगत गराएका हुन् । बोर्डका अध्यक्ष गुणराज लोहनीसँग बिहीबार भेटेर प्रमुख प्रजापतिले स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी गर्न आग्रह गरेका उनको सचिवालयकी किर्तिका प्रजापतिले जनाएकी छन् ।

    “बीमा बोर्डसँग ख्वप अस्पतालले रु. २० करोडभन्दा बढी रकम सोधभर्ना हुन बाँकी रहेकोले प्रमुख प्रजापतिले शिघ्र भुक्तानीको लागि ध्यानाकर्षण गराउनु भयो ।” सचिवालयको भनाइ छ ।

    सो अवसरमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीले ख्वप अस्पताललाई स्वास्थ्य बीमा अन्तर्गत सोधभर्ना हुन बाँकी रकममध्ये कम्तीमा ५० प्रतिशत रकम एक महिनाभित्र भुक्तानी दिने प्रतिबद्धता प्रकट गरेका बताइएको छ ।

    भेटकै क्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले  स्वास्थ्य बीमा बोर्डसँग पैसा नभएकै कारण अस्पतालहरुलाई स्वास्थ्य बीमाको रकम भुक्तानी दिन नसकेको प्रष्ट पारेका थिए ।

    स्वास्थ्य मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग रु. ८ अर्ब ७५ करोड माग गरेको बताउँदै बसौलाले अस्पतालहरुलाई सक्दो चाँडो स्वास्थ्य बीमाको रकम सोधभर्ना गरिने बताए ।

    ख्वप अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ललगायतका प्रतिनिधिमण्डल बीमा बोर्ड पुगेका बताइएको छ ।

    भक्तपुर नगरपालिका मातहत रहेको ख्वप अस्पताल च्यामासिंहमा अवस्थित छ । एक सय सैयाको यो अस्पताल सेवाग्राहीलाई सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्न प्रतिवद्ध देखिन्छ ।

    शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै नमूना काम गरिरहेको भक्तपुर नगरपालिकाले स्थानीयलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन ख्वप अस्पताललाई महत्वका साथ बिकास गरिरहेको छ । अस्पतालले दैनिक करिब ८ सय जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...