News Portal

  • विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ भदौ २०८१
    ४२२ पटक
    भक्तपुर, २४ भदौ २०८१

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता नेता विपिको १ सय १ औं जन्म जयन्तीमा बृक्षारोपण गरिएको हो ।

    सोमवार नेपाली कांग्रेस भक्तपुरले पार्टीको निर्माधिन भवन परिसर सल्लाघारीमा वृक्षारोपण तथा माल्यापर्ण कार्यक्रम आयोजना गरेको थियो ।

    सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले विपिले देखाएको बाटो बिर्सन नहुने बताए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे विपिका बिचारलाई मूलमन्त्र बनाएकै कारण ्कांग्रेसलाई जनताको मन पराएका उनले जिकिर गरेका छन ।

    देशको सार्वभौम सत्ता रक्षाको लागि विपिले राष्ट्रिय मेलमिलापको नीति लिएको जस्तै वर्तमान अवस्थामा राजनैतिक स्थायित्वको लागि कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्य गरेको उनको दावी छ । उनले पार्टीमा गुट र उपगुटको गोलचक्कर त्यागेर ईमान्दार नेताकार्यकर्ता बन्न निर्देशन समेत दिएका छन् । जनताको मन जित्न र ८४ को निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।

    कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, भक्तपुर क्षेत्र नं १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, बागमती प्रदेश समिति सदस्य सुमन कार्की, मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति, सूर्यविनायक नगर सभापति निशान ढुंगेल, चाँगुनारायण नगरसभापति शिवहरी केसी, भक्तपुर नगर सभापति राजेन्द्र तमखू, वडा सभापतिहरु लगायतको उपस्थिति रहेको सचिव सुशील बस्नेतले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...