News Portal

  • गाम्चामा हराइरहेकी महिलाको शव फेला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ भदौ २०८१
    २२८४ पटक
    भक्तपुर, २६ भदौ २०८१

    सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा स्थित चरखण्डी जंगलको खोल्सामा एक महिलाको शव फेला परेको छ । घटनास्थलमा शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीका अनुसार मृतक महिला ६० वर्षीया मिठु खत्री पौडेल हुन् । उनी मंगलबार साँझ ५ बजेदेखि हराइरहेकी थिइन्। हराएको सम्बन्धमा भक्तपुरको प्रहरी वृत्त ठिमीमा निवेदन पनि परेको थियो।

    मिठु खत्री पौडेलको शव सनाखत भइसकेपछि पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट, भक्तपुर लगिएको बताइएको  छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानका क्रममा महिला चरखण्डी जंगलतर्फ गएको र त्यहाँको खोल्सामा शव फेला परेको जानकारी आएको छ। घटनाको प्रकृति र कारण खुलाउन थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक...

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...