News Portal

  • कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ भदौ २०८१
    ४९९ पटक
    भक्तपुर, २९ भदौ २०८१

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष ५५ की मनमाया थापा र राधा विश्वकर्मा त्यसैगरी उदयपुर घर भई ललितपुरको इमाडोल बस्ने ५४ वर्षीया चन्द्रकला विश्वकर्मा रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी मोहनमणी अधिकारीले जनाएका छन् । उनीहरुमाथि नक्कली बिलबिजक बनाई बढी मुल्यमा गरगहना बन्धकी राखी रकम ठगी गर्नेगरेको आरोप छ ।

    डिएसपी अधिकारीका अनुसार आरोपी महिलाहरु भक्तपुर-२ ब्यासीमा गरगहना बन्धकी राखी रकम लिने प्रयोजनका लागि आएका थिए । ठगी उद्योग गर्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको डिएसपी अधिकारीले जानकारी दिए ।

    उनीहरुको साथबाट विभिन्न बीलबिजकहरू, गरगहनाहरु र बन्दकी राख्दा लिने दिने कागज चिट – ३० थान, विभिन्न
    भिजिटिङ कार्ड र नगद रु. ३ लाख ४२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

    ती महिलाहरुको सम्बन्धमा ललितपुरको प्रहरी वृत्त सातदोबाटोमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको डिएसपी अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...