News Portal

  • संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० भदौ २०८१
    १६२ पटक
    भक्तपुर, ३० भदौ २०८१

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । प्रतिपक्षीलाई पेल्ने नीति सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई महँगो पर्ने उनले चेतावनी दिएका हुन् ।

    आइतबार नेपाल प्रेस सोसाइटीको सूर्यविनायकमा सम्पन्न अन्तरक्रियामा बोल्दै प्रमुख सचेतक परियारले सत्तारुढ दललाई नैतिकता नगुमाउन सुझाव समेत दिए । ” सत्ता स्थायी हुँदैन, सत्तामा रहँदा राजनीतिक नैतिकता बिर्सनु हुदैन ।” उनले भने ।

    संविधानिक परिषदमा बलियो बन्ने नियतले सत्तारुढ दलहरु मिलेर उपसभामुख इन्दिरा रानालाई पद्च्युत गर्ने प्रपन्च रचेको उनले आरोप लगाएका छन् । ” उप सभामुखज्यूले कार्वाही भोग्नुपर्ने स्तरको अपराध गर्नुभएको होइन, उहाँलाई स्पष्टीकरणको मौका दिनुपर्छ ।” उनले भने । हरेक कमजोरीमा कार्वाही गर्दै जाने हो भने ठुला दलका कोहिपनि बाकी नरहने उनको भनाइ छ ।

    सो अवसरमा प्रमुख सचेतक परियारले रास्वपा पुराना दलको बिकल्पको रुपमा आएकाले पुराना दललाई टाउको दुखिरहेको दावी गरेका छन् । आगामी निर्वाचनमा पार्टीले प्रदेश र स्थानीय तहको चुनावमा पनि प्रतिस्पर्धा गर्ने संकेत गर्दै उनले भने, “रास्वपा डिलमा बसेर रमिता हेर्दैन, तीनै तहको निर्वाचनमा सामेल हुन्छ ।” यसकै लागि पार्टीले प्रदेश र स्थानीय समिति बनाएको उनले खुलासा गरेका छन् ।

    त्यसैगरी रास्वपाकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा तोसिमा कार्कीले आफूहरू शासक नभई सेवक बन्न राजनीतिमा आएको उल्लेख गरेकी छन् । पूर्व मन्त्री समेत रहेकी डा कार्कीले छोटो समय सरकारमा सामेल भएको अनुभवले पार्टीलाई सुशासन र बिकासको मार्गमा सरकार हाक्न सक्ने हौसला र  सामर्थ्य प्राप्त भएको बताइन् ।

    कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य एवं संगठन बिभागका सचिव शंकर श्रेष्ठले असोज १ र २ गते हुने राष्ट्रिय भेलामा संगठनिक र बैचारिक बिकासका साथै बिधान संशोधन समेत हुने जानकारी दिए । भेलामा करिब २ हजार प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले विषय उठान गरेपछि रास्वपाका नेताहरु र सहभागिहरु बीच अन्तरक्रिया चलेको थियो । सो अवसरमा रास्वपा जिल्ला सभापति रामेश्वर थापा, जिल्लाका सस्थापक नेता साजन बिक, नगर सभापतिहरुका साथै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भने रोशन थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक...

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...