News Portal

  • सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३१ भदौ २०८१
    १३९ पटक
    भक्तपुर, ३१ भदौ २०८१

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ । विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्ने गरी सो खाली जग्गा उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो ।

    मागपत्र लिएर सोमबार प्रमुख सुनिल प्रजापति एक टोली प्रतिनिधि टोलीसहित सिंहदरवार पुगेका हुन् । सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको समेत सहभागिता रहेको थियो ।

    सिंहदरवारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन ध्यानाकर्षण गराएको नगर प्रमुखको सचिवालयकी कीर्तिका प्रजापतिले जनाएकी हुन् ।

    सो विषयमा मन्त्री सकारात्मक रहेका उनले बताइन । मन्त्री अधिकारीले नेपाल ट्रष्टको स्वामित्व कायम हुने ढंगले सल्लाघारीको १०८ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने नमिल्ने अध्ययन गरिने समेत जानकारी गराएका बताइएको छ ।

    भेटमा सांसद प्रेम सुवालले सल्लाघारीस्थित १०८ रोपनी जग्गाको पृष्ठभूमिबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न पटक पटक सल्लाघारीको उक्त जग्गा माग गर्दै आएको जानकरी गराए । सो विश्वविद्यालय देशकै नमूना बन्ने र सोका लागि आवश्यक सहयोग गर्नु सरकारको समेत कर्तब्य भएको उनको भनाइ छ ।

    उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको सहमतिमा सो जग्गाको संरक्षण गरिरहेको जानकारी गराए । नगरपालिकाको खर्चमा चारैतर्फ पर्खाल लगाइ आवश्यकताअनुसार ५ वटा गेटको व्यवस्था गरी उक्त क्षेत्रको संरक्षण गर्दै आइरहेको उनले बताएका छन् ।

    नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति ‘विद्यालय, महाविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनको लागि अनुदान प्रदान गर्न’ प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई उपलब्ध गराइने बिश्वास समेत व्यक्त गरेका छन् ।

    नगरपालिकाले ख्वपको नाममा संचालन गर्दै आएका शैक्षिक संस्था नमूनाकै रुपमा संचालित छन् । कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च माविमा २३ हजार ७४५, ख्वप इन्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इन्जिनियरिङमा २ हजार ६०३ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइ अध्ययन गरिसकेको तथ्यांक रहेको छ । अहिलेपनि प्राय सबै जिलालाका विद्यार्थीहरु ख्वपमा अध्ययन गरिरहेका भेटिन्छन ।

    शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर अघि बढिरहेको यस नगरपालिकाले वर्षौं देखि ख्वप विश्वविद्यालयको अवधारणा अघि सारे पनि त्यो पूरा हुन भने सकेको छैन । प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले यसलाई अघि बढाउँन सकिने संकेत गरेसंगै ख्वप विश्वविद्यालयले स्वीकृति पाउने आशा पलाएको छ । २०८० फागुन ४ गते संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन अनुरोधपत्र हस्तान्तरण भएको अवस्था छ । यसले भक्तपुर नगरपालिका र नगरवासीलाई पनि उत्साहित बनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक...

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...