News Portal

  • एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ असोज २०८१
    ९६ पटक
    भक्तपुर, २ असोज २०८१

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित पारागन एकेडेमी स्कुलको समूह बिजेता बनेको छ ।

    उक्त प्रतियोगितामा सुनपा- ५ मा रहेको यूनिटी स्कुल द्धितीय र चानपा-९ मा रहेको सरस्वती शिक्षा सदन तृतीय भएका छन् । त्यसैगरी, सुनपा- ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले चौथो र पाचौं हुँदै सान्त्वना पुरस्कारमा चित्त बुझाउनु परेको छ  ।

    प्रतियोगितामा महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    पुरस्कार वितरण गर्दै प्रमुख अतिथि रहेका बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने बताए । नयाँ पिठीलाई पुरानो लोक कलाबारे बुझाउन र महत्व बोध गराउन प्रतियोगिता महत्वपूर्ण रहेको उनले बिश्वास ब्यक्त गरेका छन् ।

    कार्यक्रमका बीच नेसनल प्याव्सन भक्तपुरको तर्फबाट अध्यक्ष संजय खड्काले मन्त्री थापालाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...