News Portal

  • राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ असोज २०८१
    १४५ पटक
    भक्तपुर, २ असोज २०८१

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो गजलको म्युजिक भिडिओ हेर्न सकिन्छ ।

    कमल बाछिटेको शब्दमा उनीएको गजललाई राजले स्वर र संगीत भरेका हुन् । भिडिओ नितिन चन्दले निर्देशन गरेका छन् ।  विक्रम पोखरेल ऋषि, स्मारिका ढकाल, रोजन सुन्दास र राज आफैले पनि सो भिडिओमा अभिनय गरेका छन् ।

    मंगलवार सार्वजनिक ‘गाजल नलगाऊ’मा टिकटक भिडियो प्रतिस्पर्धा पनि गरिने राज सागरले जनाएका छन् । उक्त प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीलाई ५० हजार बराबरको लेनोभो ब्राण्डको ल्यापटप पुरस्कारस्वरुप प्रदान गरिने उनले जानकारी दिए ।

    राज सागर समाजसेवी पनि हुन् । उनले भक्तपुरको चाँगुनारायणबाट प्रकाशित हुने त्रिपुरान्युजका सम्पादक कुमार अछामीको उपचारमा ठुलो आर्थिक सहयोग समेत गरेका छन् । त्यस्तै, चाँगुनारायण माविको पुनर्निर्माणमा पनि उनको आर्थिक योगदान रहेको छ ।

    ‘गाजल नलगाऊ’को म्युजिक भिडिओ हेर्न लिङ्कमा जानुहोस ।

    प्रतिकृया दिनुहोस्

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...