News Portal

  • भक्तपुरमा प्रचण्डले भने, “सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो”

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ असोज २०८१
    २०१ पटक
    भक्तपुर, १५ असोज २०८१

    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण बाढीपहिरोबाट  ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । सरकारले पूर्वतयारी र प्रतिकार्य नगर्दा जनधनको ठूलो क्षति भएको उनको भनाइ छ ।

    मंगलबार भक्तपुरको मध्यपुर थिमि-३ सागबारी क्षेत्रमा हनुमन्ते नदीले पुर्याएको क्षति अवलोकन गर्दै उनले भने, ” मौसम पूर्वानुमान गर्ने निकायले ठूलो वर्षा हुने पहिल्यै प्रक्षेपण गरेपनि सरकारले पूर्वतयारी र प्रतिकार्यमा पर्याप्त तत्परता देखाएन ।” प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आफूले पहिल्यै सजग गराएको भएपनि सरकार उदाशिन रहेको आरोप लगाए । गम्भीरतापूर्वक पूर्वतयारी गरेको भए जनधनको क्षति कम हुने उनको जिकिर छ ।

    “सरकारलाई दोष दिएको होइन, कमजोरी औल्याएको मात्र हो ।” उनले भने ।  बिपत्ति परिनै सकेकोले सबै मिलेर लड्नुको बिकल्प नभएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण सहयोग रहने समेत प्रष्ट पारेका छन् । प्राकृतिक प्रकोपमा परेका नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाको काम गर्नुपर्ने र पुनर्निर्माणमा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

     

    सो अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डले हनुमन्ते नदी प्रभावित मध्यपुर थिमि-३ सागबारी क्षेत्रको डुबान समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि प्रकट गरे । हनुमन्तेमा बलियो पर्खाल लगाउनुपर्ने स्थानीयको मागबारे आफू सकारात्मक रहेको बताउँदै उनले यसमा केही कानुनी जटिलता रहेको र त्यो संघीय सरकारले मात्र फुकाउन सक्ने बताए । “हनुमन्तेमा पर्खाल पैसा नभएर नबनेको होइन, कानुनी स्पष्टतासहित काम गर्न सरकारलाई ध्यानाकर्षण गराउँछु ।” उनले भने ।

    सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा(माओवादी केन्द्र)का नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले हनुमन्ते कोरिडोरमा समस्या रहेको जानकारी गराउँदै सो विषय पालिका वा प्रदेश सरकारले समाधान गर्न नसक्ने बताएका थिए ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले करिब २ किलोमीटर हिडेरै बाढीपीडितका गुनासो सुनेका थिए । उनलाई पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्म, राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्षसमेत रहेका वाइसीएल जिल्ला इन्चार्ज नरेश रन्जित, अभियन्ता एवं युवा नेता राजु कुटु, ॐ शान्ति टोलसुधार समितिका अध्यक्ष देवीनारायण खतिवडा लगायतका स्थानीयले सागबारी क्षेत्रको डुबान समस्या र जग्गासम्बन्धी स्वामित्व र मापदण्डबारे बिस्तृत जानकारी गराए ।

    सो अवसरमा पूर्व सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री शशि श्रेष्ठ, बागमती प्रदेश सभाका सदस्यद्वय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ भावना, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू डिपी ढकाल, प्रतिमा श्रेष्ठ र रामप्रसाद सापकोटा दिपशिखा त्यसैगरी केन्द्रीय सल्लाहकार शिवहरी खनाल, जिल्ला संयोजक सुनिल गोठे बासु, नेपाल पत्रकार महासंघका सचिव संजीप शुभचिन्तक लगायत सयौं स्थानीयको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...