News Portal

  • ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ असोज २०८१
    १२९ पटक
    भक्तपुर, १५ असोज २०८१

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे ।

    कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरु सामाजका सम्पति भएका भन्दै उनीहरुका अनुभव समाजको लागि फलदायी हुने बताए ।
    “ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुन्छ ।” उनले भने ।
    परिवार र समाजबाट वृद्धवृद्धाहरु अपहेलित र टाढिने क्रम बढिरहेकोमा चिन्ता प्रकट गर्दै उनले भक्तपुर नपाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सेवा छिटै सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहको तथ्यांक संकलन गरी आवश्यक सेवा सुविधा प्रदान गरी सहयोगी भूमिका खेल्नुपर्ने उनको सुजाव छ ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिकको सम्मान गनु कर्तव्य र जिम्मेवारी भएको प्रष््ट पारे ।
    उमेर बढेसँगै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा समस्या आउने, ढाड दुख्ने, खुट्टा दुख्ने जस्ता शारीरिक समस्याहरु बढ्दै जाने बताउँदै उनले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा पुर्याइएको बताए ।

    नेमकिपाको आह्वानमा भएको तत्कालीन मोहियानी हक सुरक्षाको आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनमा लगायतका आन्दोलनमा अग्रजहरले भाग लिएका कारण किसानहरुले मोहियानी हक र गुठी जग्गा रैतानीको हक पाएका उनको भनाइ छ ।

    सो अवसरमा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष रविन्द्र ज्याख्व, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल लगायतले ज्येष्ठ नागरिकहरुका लागि उपलब्ध सेवा सुविधाबारे बताए ।

    भक्तपुरमा नगरपालिकामा सामाजिक सुरक्षा प्राप्त गर्ने ज्येष्ठ नागरिकहरुको संख्या ४ हजार ९ सय २४ जना रहेको नगरपालिकाले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...