News Portal

  • भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ असोज २०८१
    ७७३ पटक
    भक्तपुर, २१ असोज २०८१

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका सार्वजनिक भएको छ ।

    सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको प्रसिद्ध तलेजु भवानीका मूल पूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरुको बैठकले दशैँको नयाँ साईत सार्वजनिक गरेको हो ।

    नयाँ साईत अनुसार भक्तपुरमा यसवर्षको दशैँको फूलपाती असोज २३ गते बुधबार ७ः३४ को लागि शुभसाईतमा हुने भनिएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यस वर्ष दशैंको फूलपाती भित्राउने शुभसाईत असोज २४ गते बिहान ७ बजेर ११ मिनेटमा निर्धारण गरेको थियो ।

    ”असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।” नगर प्रमुख प्रजापतिले भने ।

    असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी मनाउने पनचाङ्ग निर्णायक समितिले निर्णय गरेपनि भक्तपुरमा भने आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुंदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुंदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ता“ःपूजा) गर्ने नयाँ साईत सार्वजनिक भएको छ ।

    विजयादशमीमा दुर्गा भावानीको पूजा गरि टीका ग्रहण गर्ने साईत् भने आश्विन २६ गते शनिबार बिहानलाई कायम गरिएको छ ।

    नयाँ साईतबारेको निर्णय गर्ने बैठकमा भक्तपुर नगरका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, पुजारीहरू प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...