News Portal

  • भक्तपुरका चार वरिष्ठ अधिवक्ता सम्मानित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ असोज २०८१
    २०२ पटक
    भक्तपुर, २२ असोज २०८१

    वरिष्ठ अधिवक्तामा पदोन्नति भएका भक्तपुरका चार अधिवक्ता सम्मानित भएका छन् । मङ्गलवार प्रेस सोसाइटी नेपालले सूर्यविनायकमा उनीहरुलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरू केदार अधिकारी, राजु खड्का, विवेक ढुङ्गेल र उत्तम श्रेष्ठ रहेका छन् । प्रतिनिधि सभा सदस्यद्वय दुर्लभ थापा र सन्तोष परियार त्यसैगरी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा र प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीले उनीहरुलाई संयुक्त सम्मान गरेका हुन् ।

    सो अवसरमा प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी शासन व्यवस्थाको विरोध गर्दै यसले लोकतन्त्रलाई कमजोर बनाउने बताए । उनले यस्तो व्यवस्थाले एकातर्फ आलोकाचो नेतृत्वको खतरा रहने र अर्कोतर्फ तानाशाही प्रवृत्ति जन्मिनसक्ने जिकिर गरे । संविधान संशोधन भए प्रत्यक्ष निर्वाचित कार्यकारी शासन व्यवस्थाको बिपक्षमा आफू रहने उनको भनाइ छ ।

    उनले काठमाडौं महानगरका मेयर बालेन साहको कार्यशैलीको पनि आलोचना गरे । ”बालेन एक्लैले सबै काम गरेको प्रचार गरिरहँदा महानगरका उपमेयर र वडाध्यक्ष लगायत जनप्रतिनिधिहरूको अवमूल्यन भैरहेको छ ।” उनले भने । बालेन शैलीको आलोचना गर्दै यसले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने उनले बताए ।

    लोकतन्त्र एकजना नेतामा केन्द्रीत नरहने भन्दै उनले सामुहिकता स्वीकार्न नसक्नु नेताहरुको कमजोरी रहेको गुनासो गरे । ”एकताका भक्तपुरमा पनि यस्तै हावा चलेको थियो, सारा भक्तपुर बनाउने ठेक्का लिएका उनलाई जनताले ठेगान लगाइदिएका छन् ।” पूर्व प्रतिनिधि सभा सदस्य महेश बस्नेततर्फ संकट गर्दै उनले भने ।

    कोही व्यक्तिलाई आफूलाई केन्द्रमा राखेर मपाई बन्ने बानी परेको बताउँदै सांसद थापाले आफूमा त्यस्तो रोग नरहेको जिकिर गरे । ”मेरो सन्दर्भमा म बाहेक अरु सक्षम छैनन् भन्ने लाग्दैन । ” उनले भने । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले आफूहरु सामुहिकतामा बिश्वास गर्ने बताउदै अर्को चुनावमा आफ्नो पार्टीबाट अरु नेता उम्मेदवार बन्न सक्ने समेत खुलासा गरेका छन् ।

    प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको कुरा सरकार ढाल्ने बेलाको अस्त्र मात्र भएको आरोप लगाए । उनले राज्यले संवि धान प्रदत्त मौलिक अधिकारहरुको कार्यन्वयन नै हुन नसकेको अवस्थामा संविधान संशोधनको कुरा बेमौसमी बाजा भएको बताए ।

    नेपालको संविधानमा सबैभन्दा धेरै मौलिक हकहरू व्यवस्था गरिएकोको प्रति सन्तोष व्यक्ति गर्दै सांसद सन्तोष परियारले यसको कार्यान्वयनमा आवश्यक ऐन कानुन बनाउन सरकार उदाशीन रहेको आरोप लगाए । ”मौलिक हक अधिकारको संविधानमा व्यवस्था भएपनि कानुन बनाएपछि लागू गरिने भन्ने कुराले कार्यान्वयन पक्ष कमजोर बनेको छ ।” सासंद परियारले प्रष्ट पारे ।

    त्यसैगरी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री एवं नेकपा(एमाले) भक्तपुरका उपाध्यक्ष किरण थापाले गत साताको आकस्मिक बाढीपहिरोले २६ अर्ब बढीको क्षती भएको भन्दै स्वास्थ्य क्षेत्रमा पनि यसले चुनौती थपिदिएको जानकारी दिए । प्रदेशमा ४५ स्थानीय तह अझै जोखिमयुक्त रहेका बताउँदै उनले सो प्रकोपमा परेका सबै घाइतेको बागमती प्रदेश सरकार मातहतका अस्पतालले निशुल्क उपचार गरेका बताए । हेल्थ पोष्टहरुलाई पनि थप व्यवस्थित बनाएका छौं र आवश्यक स्थानहरुमा हेल्थ क्याम्पहरु चलाइरहेका छौं ।” उनले भने ।

    त्यस्तै मृतक परिवारलाई प्रदेश सरकारले तत्काल २ लाख रुपैया र राहत सामाग्री पुर्याएको उनले बताएका छन् । तीनै तहको सरकार मिलेर उद्धार, राहत र पुन:र्स्थापनाको काम गरिरहेको उनले जानकारी गराए । प्रकोपले पानको मुहान प्रभावित भएको र ठाउँ ठाउँमा खानेपानीका पाइम फुटेकाले पानीजन्य रोगको जोखिम रहेको खुलासा गर्दै उनले पानी उमालेर पिउन आग्रह पनि गरेका छन् । त्यस्तै प्रकोपमा पुरिएका चौपायाले हुनसक्ने रोगको जोखिम न्यूनीकरणका लागि लागिपरेको पनि बताए । बागमती प्रदेश सरकारले २५ शैयाको अस्पतालदेखि ३ सय शैया सम्मको अस्पताल सञ्चालन गरेको बताए । उनले १३ ओटै जिल्लामा रहेका प्रादेशिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पुर्याइरहेको प्रष्ट पारे ।

    सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रामकुमार खड्काले गरेका थिए । कार्यक्रममा प्रेस सोसाइटीका महासचिव एवं सञ्चारकर्मी केशव लुइटेलले आफ्नो कवितामार्फत राष्ट्रवाद र सेवाभावको अभिव्यक्ति दिएका थिए भने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले डेंगी लगायत रोगबाट बच्ने उपायबारे बताएका उपाध्यक्ष दीपेन्द्रराज खत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...