News Portal

  • सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ असोज २०८१
    ७३६ पटक
    rahat bitaranभक्तपुर, २२ असोज २०८१

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका छन् । उनले सूर्यविनायक नगरपालिकाको वडा नं ८,९ र १० का बाढी-पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध गराएका हुन् ।

    मंगलवार उनको सचिवालयले राहत सामाग्री वितरण गरेको हो । राहतमा मूख्यत: खाद्य सामाग्री रहेको छ । चामल, नुन, तेल, मसला लगायतका खाद्य सामाग्री वितरण गरिएको सांसद थापाका स्वकीय सचिव शुभाशिष ढकालले पुष्टि गरेका छन् ।

    बास्तविक पिडितको पहिचान गरी राहत सामाग्री वितरण गरिएको स्वकीय सचिव ढकालले प्रष्ट पारे । वडादशैंको मुखमा बाढी-पहिरोले आहत भएका पिडित परिवारलाई राहत सामाग्रीले पिडामा मलहम लगाएको उनले बताए ।

    स्वकीय सचिव ढकालले आवश्यकताको आधारमा खाद्यान्न वितरण गरिएको र दिगो व्यवस्थापन नभएसम्म सहयोगलाई निरन्तरता दिने बताए । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद दुर्लभ थापाले बाढी पहिरो पिडितलाई सहयोग गर्न पार्टी पङ्तीमा निर्देशन दिएको जानकारी गराउदै स्वकीय सचिव ढकालले बडादशैको मुखमा बाढीपहिरो पिडितका घरमा खाद्यान्नको अभाव नहुने बिश्वास व्यक्त गरेका छन् ।

    उनले बाढी पहिरोको पिडामा रहेको वास्तविक विपन्न परिवारलाई खाद्य सामाग्री उपलब्ध गराउन सचिवालय तयार रहेको उल्लेख गर्दै त्यस्ता परिवारको लागि सल्लाघारीस्थित सचिवालय र नेपाली काँग्रेसको पार्टी कार्यालयको ढोका सधैं खुला रहेको समेत बताए ।

    गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारण बाढीपहिरोमा परी सूर्यविनायक-८ नैचालमा मा २ जना र सूर्यविनायक-९ पलासेमा ३ जना गरी ५ जनाले ज्यान गुमाएका छन् । मृतक परिवारलाई संघीय सरकारले सिडिओ मार्फत २ लाख रुपैया राहत पुर्याएको छ । घटनामा घाइतेहरुको नि:शुल्क उपचार पछि घर फिर्ता भैसकेका भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले जानकारी गराएकी छन् ।

    सो प्रकोपबाट जिल्लामा करिब एक सय परिवार प्रत्यक्ष पिडित भएको छ भने अन्य सयौं परिवार प्रभावित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...