News Portal

  • पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ, अनुसन्धानलाई सघाउने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ कार्तिक २०८१
    ३३१ पटक
    भक्तपुर, २ कार्तिक २०८१

    पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् ।

    पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर कास्कीले उनीमाथि अनुसन्धान अघि बढाउने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीसंग अनुमती मागेको थियो । अदालतले अनुमती दिए संगै शुक्रवार उनलाई पक्राउ गर्न हतार हतार प्रहरी पुगेको थियो ।

    पाँच वर्षअघि पनि लामिछाने पक्राउ परेका थिए । त्यतिबेला भने उनी पत्रकार थिए । उनकै सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमार्फत अनुसन्धान अघि बढाएको थियो । अभियोग पुष्टि नभएको भन्दै उनलाई जिल्ला अदालत चितवनले सफाई दिएपछि ११ दिनपछि उनी रिहा भएका थिए ।

    शुक्रवार पक्राउ हुनु अघि प्रेससंग कुरा गर्दै लामिछानेले सरकारले आफूहरुलाई जेल हाल्न अमूक व्यक्तिहरु संग सम्झौता गरिसकेकोले सरकारको कदम अनपेक्षित नरहेको बताए । आफूले सहकारी ठगी सम्बन्धी कुनै अपराध नगरेको र यो राजनीतिक पूर्वाग्रह मात्र भएको उनको भनाइ छ । उनले अनुसन्धानलाई सघाउने समेत बताएका छन् ।

    त्यस अघि लामो फेसबुक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी ओलीप्रति आक्रोश पोखेका छन् । ”तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?” उनले भने, ”यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो ।” त्यति मात्र होइन, पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । ”तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ?” उनले प्रश्न गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...