News Portal

  • सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ कार्तिक २०८१
    ५५ पटक
    भक्तपुर, ६ कार्तिक २०८१

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको मलजल भएको बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमालेले सरकारवादी मुद्दाका प्रतिवादीसँग जग्गा लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ठहर ट्रान्सपरेन्सी इन्टरनेसनलले विज्ञप्तिमार्फत गरेको हो।

    सत्तारुढ एमाले पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माणसमेत दानको रुपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

    केही समयअघि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको १० रोपनी १४ आना जग्गामा एमालेले पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो। उक्त जग्गामा भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले एमालेका निम्ति अत्याधुनिक भवनसमेत बनाइदिने बताएका छन्। जग्गा दान लिएर पार्टी कार्यालय बनाउने एमाले निर्णयप्रति पार्टीभित्रै र सर्वसाधारणसमेतबाट विरोध भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...