News Portal

  • राष्ट्रिय विभुती शंखधर साख्वा:को सम्मानमा बिहीवार पूर्व प्रधानमन्त्री प्रचण्ड थिमि आउने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ कार्तिक २०८१
    ३०७ पटक
    भक्तपुर, १२ कार्तिक २०८१

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको नयाँ थिमि आउने भएका हुन् ।

    नेपाल संवत अनुसार नयाँ वर्ष ११४५ को अवसरमा सो संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा:को सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएको माओवादी केन्द्रको मध्यपुर थिमि नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठले बताएका छन् । प्रचण्ड निवासमा सोमबार आफूहरु निम्ता दिन गएको र अध्यक्ष प्रचण्डले बिहीवारको कार्यक्रमका लागि सहर्ष समय उपलब्ध गराएका उनले बताए ।

    सो अवसरमा नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु र सचिव जीवन तज लगायतको समेत सहभागिता रहेको सो पार्टीका मध्यपुर थिमि नगरका सचिव शिवसुन्दर श्रेष्ठले जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले कात्तिक १५ गते बिहीवार दिउँसो राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा माल्यार्पण गर्ने तथा नेपाल सम्बत ११४५ को अवसरमा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा सरिक हुन प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रम रहेको हो ।

    अध्यक्ष प्रचण्डले शंखधर चोकस्थित राष्ट्रिय विभुती शंखधर साख्वा:को प्रतिमामा दिउँसो ३ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि थिमि बैंक्वेटमा शुभकामना आदानप्रदान एवं कार्यक्रम संचालन हुने सचिव श्रेष्ठले जनाएका छन् । उक्त अवसरमा पार्टीका केन्द्रीय नेताहरु, भक्तपुरका नेता कार्यकर्ताहरुका साथै मुक्तिकामी जनसमुदायको उपस्थिति रहने माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिले जनाएको छ ।

    नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत शुरु भएको हो। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड बिगत ७ वर्षदेखि निरन्तर थिमि आई नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वा:प्रति सम्मान व्यक्त गरिरहेका छन् ।

    प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको थियो भने प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले सरकारका सबै दस्तावेजहरुमा नेपाल संवत उल्लेख गर्ने निर्णय समेत गरेको छ । नेपाल संवतको पक्षमा रहेका प्रधानमन्त्रीको श्रेय प्रचण्डले पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...