News Portal

  • क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ मङ्सिर २०८१
    ५९४ पटक
    भक्तपुर, १ मङ्सिर २०८१

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित भएको छ । होटल दि सुर्य नयाँदिल्लीमा सम्पन्न टुरिजम् ट्राभल एण्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो मोजाङ्ग ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्डबाट चौथो पटक पनि सम्मानित भएको हो ।

    कार्यक्रममा भारत सरकारका सडक,यातायात तथा हाईवे राज्यमन्त्री अजय भट्ट, गान्धि स्मृतिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद ,रक्षा तथा टुरिजम राज्यमन्त्री बिजय गोयल, पश्चिम दिल्लीबाट लोकसभाका सदस्य कमलजीत सेरावत, भारतीय जनता पार्टीका माहासचिव तथा दक्षिण दिल्लीबाट लोकसभा सदस्य रामबिरसिंह बिधुरी लगायत प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

    क्यासिनो माजोङ्गका अध्यक्ष /प्रबन्ध निर्देशक श्री बिनोद श्रेष्ठ बिगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन्  । क्यासिनो, होटल तथा रिजोर्टस् र ट्राभल्स् लगायतका व्यवसायमा उनको लगानी रहेको छ ।

    उनको स्वामित्वमा रहेको ‘क्यासिनो माजोङ्ग नेपाल’नेपालकै १ नम्बरको क्यासिनोको रुपमा परिचित छ । क्यासिनो माजोङ्गले बर्सेनी लाखौँ बिदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ र उक्त अवार्ड प्राप्त गर्नु त्यसैको प्रतिफल भएको सञ्चालक श्रेष्ठ बताउछन् ।

    सोही समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्ज ‘नेपालको उत्कृष्ट क्यासिनो’ अवार्ड प्राप्त गरेको छ । समारोहमा क्यासिनो माजोङ्ग नेपालगञ्जका महाप्रबन्धक श्री निरजकुमार प्रधान ‘Best Casino general manager in South Asia’ अवार्ड बाट सम्मानित भएका छन् ।

    गत वर्ष सन् २०२३ मा यो अवार्ड काठमाडौ स्थित क्यासिनो माजोङ्ग नेपालका महाप्रबन्धक श्री अमुल्य बिक्रम राणाले प्राप्त गरेका थिए ।

    भारतको नयाँदिल्लीमा आयोजना हुने ‘Hospitality Award’कार्यक्रममा यसअघि सन् २०२३,२०२२ र २०१९ मा क्यासिनो माजोङ्ग नेपाल ‘वेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा वेस्ट क्यासिनो इन नेपाल बाट सम्मानित भैसकेको छ । सन् २०२३ मा ‘Best Casino in Nepal’को अवार्ड क्यासिनो माजोङ्ग नेपालगञ्ज ले प्राप्त गरेको थियोे।

    क्यासिनो माजोङ्ग नेपालले प्रप्तगरेको यो अवार्ड दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड हो । भारतको राजधानी नयाँदिल्लीस्थित ”हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप”ले बर्सेनी संसारभरका होटल र क्यासिनोहरुलाई अवार्ड बितरण गर्दै आएको छ।दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई प्रवर्दन गर्न उक्त अवार्ड कार्यक्रम आयोजना गरिंदै आएको छ ।

    दक्षिण एशियामा best hospitality service दिने कम्पनिहरु को छनौट गरि कम्पनीको service,visitor को संख्या र उनिहरु ले दिने feed back साथै संबन्धित मुलुकको बजारमा कस्को बढि क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर ”hospitality India”ले अध्ययन गरेर मात्र अवार्डको लागि छनौट गर्ने गर्दछ ।

    Hospitality India’मा भारतको पर्यटन क्षेत्रमा आबद्द ब्यक्तिहरु,भारतको पर्यटन बोर्ड,भारतिय पर्यटन मन्त्रालय का अधिकारीहरु आबद्द छन् ।भारत पर्यटन बिकास निगम लिमिटेडको विशेष संलग्नता रहेको उक्त कार्यक्रमको सह-संयोजक नेपाल पर्यटन बोर्ड समेत रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...