News Portal

  • शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ माघ २०८१
    ५२७ पटक
    भक्तपुर, ४ माघ २०८१

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर आयोजना गर्ने भएको छ । भोलि शनिबार भक्तपुर नगरपालिका-९ स्थित सूर्यमढीमा नि:शुल्क दन्त शिविर चल्ने भएको हो ।

    ३ दशक लामो सेवा अनुभव भएको समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर संचालन हुने वाईसीएलको भक्तपुर नगर अध्यक्ष बिकास लाखेले बताए । शनिवार बिहान ८ बजे देखि अपराह्न २ बजेसम्म सबै सर्वसाधारणका लागि शिविर खुल्ला रहने उनको भनाइ छ ।

    शिविरमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको नि:शुल्क परीक्षण, परामर्श र उपचार गरिने वाईसीएलका भक्तपुर नगर इन्चार्ज राज वाङ्गयोले जानकारी दिए । शिविरमा उपचार सम्भव नभई अस्पताल जानुपर्ने अवस्था देखिएमा समाज डेन्टलले रिफरमा २५ प्रतिसत सम्म छुटको ब्यवस्था गरेको पनि उनले जनाएका छन् ।

    वाईसीएलका भक्तपुर जिल्ला अध्यक्ष सरराज उप्रेतीले दाँत र मुखसम्बन्धी रोगको पहिचान र उपचारमा शिविर महत्वपूर्ण हुने विश्वास ब्यक्त गरेका छन् । त्यस्तै, वाईसीएल जिल्ला इन्चार्ज नरेश रन्जितले अन्य नगरले पनि यस्तै रचनात्मक कार्यहरू गरिरहेको र वाईसीएलले राजनीतिक, सामाजिक र सास्कृतिक चेतनासंगै स्वास्थ्य सम्बन्धी सचेतनालाई पनि अघि बढाइरहेको बताए ।

    शिविरले बिपन्न जनता लाभान्वित हुने नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष राकेश सुवाल बताउँछन् । सर्वसाधारणको स्वास्थ्यलाई ध्यान दिएर वाईसीएलले गरेका कामबाट अन्य जनवर्गीय संगठनले पनि सिक्नुपर्ने जिल्ला संयोजक सुनिल बासुले बताएका छन् ।

    शिविरमा वाईसीएलले रक्तदान कार्यक्रमसमेत गर्ने तयारी छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम पनि हुने वाईसीएल भक्तपुर नगर समितिको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...