News Portal

  • जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० माघ २०८१
    २१६१ पटक
    भक्तपुर, १० माघ २०८१

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

    प्रतियोगितामा ‘वातावरण प्रदुषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा केन्द्रीत रही प्रतिस्पर्धी विद्यार्थीहरुले चित्र बनाउनुपर्ने अभियानका अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् । प्रतियोगिताको माध्यमबाट विद्यार्थीलाई वातावरण संरक्षणप्रति सचेत र जागरुक बनाउने उदेश्य रहेको उनको भनाइ छ ।

    प्रतियोगिता यहीँ माघ १५ गते सञ्चालन हुने र कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने राष्ट्रको लागि दुई घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले बताएका छन् । एक विद्यालयबाट एक छात्र र एक छात्रा गरि दुई जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने उनले जानकारी दिए । नयाँ ठिमीस्थित मिडभ्याली कलेजको प्राङ्गणमा प्रतियोगिहरुले चित्र बनाउनु पर्ने र मूल्यांकन समितिले बिजेता घोषित गर्ने बताइएको छ । सोका लागि आर्टशाला नेपालले समेत सहकार्य गरेको रन्जितले बताए ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजारसहित प्रमाणपत्र, द्वितीय हुनेलाई १५ हजारसहित प्रमाणपत्र र तृतीय हुनेलाई रु १० हजार सहित प्रमाणपत्र प्रदान गरिने अभियानका महासचिव नवराज काफ्लेले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...