News Portal

  • ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ माघ २०८१
    २२६ पटक
    भक्तपुर, १४ माघ २०८१

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै अप्ठ्यारोमा परेको छ ।” उनले भने, “यो सरकारको कुनै विकल्प छैन ।” नेपाली कांग्रेस र नेकपा (एमाले)ले मिलेर मात्र देशलाई स्थिरता दिन सक्ने कुरामा ढुक्क हुन उनले आग्रह समेत गरे ।

    आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि आईसीयूमा रहेको तस्बिर सार्वजनिक भएको भन्दै उनले आफू प्रति असहिष्णुता बढेको खुलासा गरे । मानिसहरुले आफ्नाबारे भ्रम फैलाइरहेको उनको आरोप छ ।
    सो अवसरमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट जनताको सेवामा थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । चुनाव जित्न जनताको मत चाहिने र त्यसका लागि जनताको मन जित्नुपर्नेमा उनले जोड दिए ।

    “सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकियो ।” उनले भने । जनताको मतका लागि एकतावद्ध भएर जनसेवामा जुट्नुपर्ने उनको निर्देशन छ । राजतन्त्रको समयमा देशको विकास हुन नसकेको र अहिले विकास निर्माणले गति लिएको दावी गर्दै प्रधानमन्त्री ओलीले ब्यवस्था बलियो बनाउन स्थानीय सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

    सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा, पूर्वमन्त्री महेश बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...