News Portal

  • हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ साउन २०८२
    १४९ पटक
    भक्तपुर, २७ साउन २०८२

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो ।

    जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मृतक व्यक्तिको साथबाट भेटिएको परिचय पत्रको आधारमा उनी दिपक कुमार खड्का भएको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।

    नेपाली सेना जगदल गण छाउनीमा हवल्दार पदमा कार्यरत दिपक अन्दाजी ४० वर्ष उमेरका छन् । उनी नेपाली सेनाको ट्याक्सुटमै मृत अवस्थामा फेला परेका हुन् ।

    उनी रामेछाप स्थायी घर भई चाँगुनारायण(३ झौखेलमा बसोबास गर्दै आएका खुलेको छ ।

    घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...