News Portal

  • ज्ञान बाढ्नेहरु नै कुप्रथाको कट्टर अनुयायी:भन्छन् जागिर छाड्छौ, छाउ भएको बेला बिद्यालय जान्नाैं

    गीता कुँवर अछाम, १० माघ
    १४०८ पटक
    अछाम, १० माघ

    अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ ।

    विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो नजिकै मष्टा देवताको मन्दिर छ, त्यसैले छाउ भएका बेला विद्यालय जाँदैनौ”,भन्छिन शिक्षिका पशुपति बुढा । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय जाँदैनन् । उनले भनिन, “देउता लागे जीवनभर निको हुदैन, देउता लागेर जिन्दगी नै बर्बाद भएको देखेका छौँ, बरु ठूलै रोग लागेर अस्पताल कुर्न सजिलो छ देउता लाग्नुभन्दा, त्यसैले छाउ भएको बेला पाँच दिनसम्म विद्यालय जाँदैनौ ।”

    मष्टा देवताको डरले परम्परादेखि नै छाउ भएका बेला विद्यालय नजाने चलन बसालिएका कारणले आफूहरु पनि नजाने गरेको शिक्षिका ज्ञानु ठकुल्लाले बताउछिन । “डिक्रेनीमा कोठा भाडामा लिएर बस्ने गरेकी छु, तर छाउ हुँदा माइतघर गएर बस्नुपर्ने बाध्यता छ । छाउ भएका बेला बाटोमा हिँड्दा गाली गर्छन्,” उनले भनिन, “यदि विद्यालय मन्दिरभन्दा टाढा राखिन्छ भने मात्र आफूहरु नियमित पढाउन जान्छौँ ,नभए विद्यालय जाने अवस्था छैन । बरु जागिर छोड्न तयार छौँ ।”

    विद्यालयका प्रधानाध्यापक निर्प ठकुल्लाले आफूले पनि छाउ भएका बेला विद्यालय आउनुपर्छ भनी धेरै करकाप गर्न नसकेको स्वीकार गर्छन । उनले भने, “गाउँका महिलाहरुले छाउ भएका बेला सामूहिक रुपमा देउताको मन्दिरमा गए यो समस्या समाधान हुने, नभए कुनै एक महिलाले मात्र यसो गर्न सक्दैनन् । गाउँको सबैभन्दा ठूलो मष्टा देउताको मन्दिर विद्यालयमा छ । देवताको नाम लिन पनि डराउने अवस्थामा छाउ भएका बेला विद्यालय आउनुस् भन्ने अवस्था छैन ।”

    कक्षा ५ मा पढ्दै गरेकी छात्रा ललिता बुढा पनि छाउ भएका बेला ६ दिनसम्म विद्यालय जाँदिनन् । “घरकाले स्कुल नजा भन्छन्”, उनले भनिन्, “छाउ भएका बेला म्याडम पनि आउनुहुन्न, त्यसैले म पनि ६ दिनसम्म स्कुल जाँदैन ।”

    साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडपाले छाउपडी कुप्रथा अन्त्यका लागि आफूले नगरपालिकामा सेवा लिन आउने महिलालाई सधैँ छाउ भएका बेला सुरक्षित तरिकाले घरमा बस्नु होला भनेर सिकाउने गरेको बताइन ।

    उनले भनिन, “विद्यालयमा शिक्षिकालाई नियमित बनाउन धेरै प्रयास गर्यौ, तर उहाँहरुले मान्नु भएन । मन्दिरको वरिपरि घेरा–पर्खाल निर्माण गरिदिन्छौ, तपाईंहरु नियमित विद्यालय आउनु भन्यौ तर उहाँहरुले छाउ भएका बेला सम्भव छैन भन्नुभयो ।”

    अछाममा छाउ कुप्रथा व्याप्त रुपमा रहेको अवस्थामा त्यसमाथि देवताको मन्दिर नजिकै विद्यालय हुनुले पनि निकै समस्या छ । छाउ भएका बेला मन्दिरतिर हेरे पनि देउता लाग्छ भन्ने डर त्यहाँका किशोरी र महिलामा बसेको छ । साँफेबगरको अन्य क्षेत्रको भन्दा डिक्रेनीमा धेरै नै छाउ मान्ने चलन रहेको छ । त्यहाँ अहिले आएर धमाधम नयाँ छाउपडी गोठसमेत बन्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...