News Portal

  • सर्लाही जिल्लाको इतिहासमा प्राप्ति उप्रेतिले पहिरिइन् ‘मिस सर्लाही’को पहिलो ताज

    इभक्तपुर संवाददातासर्लाही, २२ माघ
    १२४१ पटक
    सर्लाही, २२ माघ

    सर्लाही जिल्लाको इतिहासमा प्राप्ति उप्रेति पहिलो ‘मिस सर्लाही’ बन्न सफल भएकी छन । ऐतिहासिक पहिलो मिस सर्लाही प्रतियोगितामा प्राप्तिले टाइटल उपाधी हात पारेकी हुन् ।

    पल इन्टरटेन्मेन्टको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा सर्लाहीका सुन्दरीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । शनिवार राती बिणा चलचित्र मन्दिर लालबन्दीमा सम्पन्न ग्राण्ड फिनालेबाट बिजेता बनेपछि प्राप्ति ‘मिस सर्लाही’को ताज पहिरिन सफल भएकी हुन् ।
    त्यसैगरी राधा अधिकारि फस्ट रनर अप  हुनुकासाथै सोनिया खतिवडा सेकेन्ड रनर अप भएकाे खबर पत्रकार प्रेमनाथ पाैडेलले जानकारी गराएका छन् ।

    मिस सर्लाहीको उपाधी चुमेकी प्राप्तीले मिस सर्लाहीको ताज पहिरिनुका साथै नगद ५० हजार र बिभिन्न गिफ्ट ह्याम्पर उपहार पाएकी छन् भने फस्ट रनर अप राधाले नगद ३० हजार र गिफ्ट ह्याम्पर त्यसैगरी सेकेन्ड रनरअप सोनियाले नगद २० हजार र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...