News Portal

  • मोदीको भक्ति देखेर मुक्तिनाथका पूजारी दङ्ग

    इभक्तपुर संवाददातामुक्तिनाथ, २९ बैशाख
    ११६८ पटक
    मुक्तिनाथ, २९ बैशाख

    नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन ।

    भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उहाँ बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आएका थिए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले स्वागत गरेका थिए ।

    पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उहाँलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए ।

    मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उनले शोडषोपचार विधिद्वारा पूजा गरेका छन । मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गरेको र अर्चना एवं आरती पनि स्वंले नै गरेको सुबेदीले बताए ।

    मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे ।

    मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला  उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् ।

    मोदीले पूजा गर्ने सिलसिलामा आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् ।

    पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस भन्दा मोदीले आँशु झारेका थिए ।

    मैले ‘हजुरले ध्यान लगाएर आफ्नो लागि वर माग्नुस् भने उहाँ भावविभोर भएर आँशु खसाल्नुभयो ।’ उनले भने, ‘मैले उहाँमा अति धेरै श्रद्धा, विश्वास, र प्रशन्नता देखेँ ।’

    ”यत्रो अति विशिष्ट व्यक्तिमा अचम्मको धार्मिक श्रद्धा र विश्वास रहेछ ।” उनले भने ।
    स्वागत र सम्मानमा कुनै औपचारिक कार्यक्रम नराखिए पनि विभिन्न नेपाली विशिष्ट व्यक्तित्व र संघसंस्थाले मोदीलाई उपहार प्रदान गरेका थिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान गरे ।

    यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार दिए ।

    मुक्तिनाथ विकास समिति, स्थानीय आमा समूहलगायत स्थानीय संघसंस्थाले पनि स्थानीय पहिचानका सामग्री उपहार प्रदान गरेका थिए ।

    मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी (छिरिङ किङ्गा) समेत लगाइदिएका थिए ।

    मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको (ङेङे) बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे ।

    स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनको वरपरका स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाएका देखिन्थे ।

    मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुन् । उनको भ्रमणले देश विदेशमा चिनिएको धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवद्र्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमा समेत भ्रमणलाई जोडेर हेरिएको छ । भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ ।

    विकास, सहयोग आदानप्रदान, सुदृढ मैत्री सम्बन्धजस्ता विषयमा भ्रमण फलदायी हुने मुस्ताङवासीको अपेक्षा छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताए ।
    भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताए ।

    अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उनको भनाइ छ । “मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिएको छ”, उनले भने, “भ्रमण सफल र फलदायी बनेको छ ।”

     

    काठमाडौँ, २९ वैशाख ।

    नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गरे ।

    मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु भएको थियो । पशुपतिनाथ मन्दिर परिसरमा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गर्नुभएको थियो । उनको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।

    भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताउनुभएको थियो । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।

    पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गर्नुभएको जानकारी दिए ।

    मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्नुभएको थियो । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...